आजको मिति: सोमबार, जेठ १८, २०८३
१०:१३ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले संसद् चल्न नदिने|झापामा नक्कली पत्रकारको गतिविधिप्रति पत्रकार महासंघको ध्यानाकर्षण|प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षीको अवरोध|प्रधानमन्त्रीले भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो : नेकपा|विद्युत्‌मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिन्छौँ : अर्थमन्त्री वाग्ले|राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित|प्रधानमन्त्रीले भनेजस्तै नेपालले भारतको सीमा मिचेको छैन : पूर्वराजदूत नीलाम्बर आचार्य|संसदमा आशिका तामाङ आक्रोशित बनेपछि के–के लफडा भयो ?|नेपालले भारतको जग्गा मिचेको प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति|आफ्नै पार्टीका प्रधानमन्त्रीलाई रास्वपाले के सोध्यो, बालेनले के दिए जवाफ ?|

झापामा नक्कली पत्रकारको गतिविधिप्रति पत्रकार महासंघको ध्यानाकर्षण

Infinite Scroll Ad

फेसबुक पेज सञ्चालन गर्दै आफूलाई पत्रकार बताई उद्योगी तथा व्यवसायीलाई धम्की दिएर रकम असुल्ने गरेको घटना सार्वजनिक भएको छ । यस घटनाप्रति नेपाल पत्रकार महासंघ झापाले गम्भीर ध्यानाकर्षण जनाउँदै यस्ता विकृति तत्काल रोक्न र संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा केही व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूलाई पत्रकारका रूपमा प्रस्तुत गर्दै विभिन्न सञ्चार संस्थाको नाम दुरुपयोग गरी आर्थिक लाभ लिन खोजेको पाइएको जनाएको छ । यसले पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको महासंघको भनाइ छ ।

महासंघका अनुसार झापा हल्दिबारी गाउँपालिका १ निवासी नितेश ओलीले आफू विभिन्न सञ्चार माध्यममा कार्यरत रहेको भनी झुठो विवरण प्रस्तुत गर्दै केही उद्योगी तथा व्यवसायीसँग रकम माग्ने गरेको जानकारी प्राप्त भएको छ । उनले ठोस खबर डटकम, पूर्वीगर्जन मिडिया प्रालि लगायतका सञ्चार संस्थाको नाम प्रयोग गरी रकम मागेको आरोपसमेत लगाइएको छ ।

Sidebar Premium Ad

आफ्नो संस्था र प्रतिष्ठाको दुरुपयोग भएको भन्दै केही सञ्चारमाध्यमका सञ्चालकहरूले महासंघसमक्ष गुनासो गरेका छन् । महासंघले पत्रकारिताको आवरणमा हुने यस्ता गतिविधि पूर्ण रूपमा गलत भएको भन्दै यसले समग्र सञ्चार क्षेत्रको साखमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ ।

महासंघले पत्रकारिता कुनै पनि प्रकारको धाकधम्की, बार्गेनिङ वा आर्थिक लाभको माध्यम नभई समाजप्रति उत्तरदायी पेशा भएको स्मरण गराउँदै यस्ता कार्यले पेशाको विश्वसनीयता कमजोर बनाउने जनाएको छ ।

विज्ञप्तिमा पत्रकारिताको नाममा धम्की दिने, अनुचित आर्थिक लेनदेन गर्ने वा रकम माग्ने कार्य भएमा तत्काल सम्बन्धित निकायमा उजुरी गर्न उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरिएको छ । साथै, यस्ता गतिविधि रोक्न सबै पक्ष सचेत र एकजुट हुनुपर्नेमा महासंघले जोड दिएको छ ।

Sidebar Premium Ad

महासंघले सामाजिक सञ्जालका पेजमार्फत पत्रकारिताको नाम दुरुपयोग गर्ने व्यक्तिहरूलाई यस्तो गतिविधि तत्काल बन्द गर्न चेतावनी दिँदै घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *