आजको मिति: आइतबार, जेठ १७, २०८३
११:५७ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित|प्रधानमन्त्रीले भनेजस्तै नेपालले भारतको सीमा मिचेको छैन : पूर्वराजदूत नीलाम्बर आचार्य|संसदमा आशिका तामाङ आक्रोशित बनेपछि के–के लफडा भयो ?|नेपालले भारतको जग्गा मिचेको प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति|आफ्नै पार्टीका प्रधानमन्त्रीलाई रास्वपाले के सोध्यो, बालेनले के दिए जवाफ ?|सुकुम्बासीका समस्याबारे प्रधानमन्त्रीले भने– ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमै नखोजाैँ|प्रश्नोत्तर सकिएलगत्तै संसद बैठकमा नबसी हिँडे प्रधानमन्त्री बालेन|स्थापनाको १२ वर्षपछि विज्ञान संग्रहालयबाट हटाइयो बीपी कोइरालाको नाम|करेन्ट लागेर महिलाको मृत्यु|एसियन गेम्स छनोटमा नेपालको सानदार प्रदर्शन, चीन २२१ रनले पराजित|

आफ्नै पार्टीका प्रधानमन्त्रीलाई रास्वपाले के सोध्यो, बालेनले के दिए जवाफ ?

Infinite Scroll Ad

पहिलोपटक संसदमा सम्बाेधन गरेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले पनि प्रश्न गरेका छन् । 

‘संसदमा जवाफ दिन आइदिनुभएकोमा प्रधानमन्त्रीप्रति सम्मान व्यक्त गर्छु । आम नागरिकले अद्भूत जनमत दिएर पठाएकोमा आम नागरिकलाई धन्यवाद । सुशासनको दृष्टिबाट केही अघिसम्म सरुवा बढुवा घुस नखाइ नहुने अवस्था थियो । यो सरकार बनेपछि त्यो कुरा चिरियो । आम जनमत सुशासन र समृद्धिका लागि हो भन्नेमा दुई मत छैन । सरकारले यसरी नै काम गर्न लागेको छ भनेर प्रस्ट्याइदिन हुन अनुरोध गर्दछु,’ बुर्लाकोटीले प्रश्नमा सोधेका छन् । 

जवाफमा प्रधानमन्त्री बालेनले सरकारका मन्त्री र पार्टी सभापतिले मुख्य प्राथमिकता नै सुशासन भन्दै आएको बताए । 

Sidebar Premium Ad

‘हाम्रो पार्टीका मन्त्री र सभापतिले हाम्रो मुख्य प्राथमिकता सुशासन हो भन्दै आउनुभएको छ । हामीले पहिलो वर्षलाई सुशासनको वर्ष भनेको छौँ । त्यो भनेको विकास गर्दैनौँ भनेको होइन । सरकार र मान्य सांसदको निगरानीमा पनि पालिका निकाय छन् । पहिलो वर्ष सुशासन, बेथितिलाई हटाउने, बलियो जरा हालेकोको भ्रष्टाचारलाई निर्मुल बनाउने हो,’ उनले भने, ‘कम्पनी रजिस्ट्रार कार्यालय, मालपोत, यातायातमा विकृति छ । सरकारले सुशासनलाई मुख्य प्राथमिकता दिएको छ ।’

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *