समाज कल्याण परिषद् अन्तर्गत पर्ने भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घसंस्थाका कार्यालयमा तालाबन्दी गरिएको छ।
वर्षौँदेखि भाडा नतिर्ने ती पसल तथा संस्थाका कार्यालयमा सोमबार ताला लगाइएको हो।
आइतबार समाज कल्याण परिषद्का कर्मचारीहरूले सुरक्षाकर्मीको सहयोगमा २० वटा सङ्घसंस्थाका कार्यालयमा तालाबन्दी गरेका थिए। तीमध्ये रिपोर्टर्स क्लबलगायत विभिन्न सङ्घसंस्था पनि परेका छन्।
