प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएकाे छ । आगामी आर्थिक वर्ष २०८३–८४ काे बजेट तयारीकाे अन्तिम चरणमा रहेका बेला प्रधानमन्त्रीले अर्थमन्त्री वाग्लेसँग भेटेका हुन् ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा बिहीबार प्रतिनिधिसभाबाट पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेटलगायत विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीचकाे भेटलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ ।
