जेन–जी नेतृ रक्षा बमले सरकारलाई घुमाउरो चेतावनी दिँदै अहंकार र हुल्लडवादले भरिएका शक्तिहरू अन्ततः ढल्ने दाबी गरेकी छन्। सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी तयारीपछि उनले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेकी हुन्।
शुक्रबार दिउँसो उनले वर्तमान सरकारलाई “भरिन थालेको कच्चा घडा” को संज्ञा दिँदै अहंकार बढे फुटेर जाने चेतावनी दिइन्। साथै, अरूको पीडामा रमाउनेहरूको खुशी दीर्घकालीन नहुने पनि उनको भनाइ छ।
रक्षाले सामाजिक सञ्जालमा लेखेकी छन्:
“अहंकार र हुल्लडवादले भरिएका हरेक घडा ढलेका छन्, फुटेका छन्। भरिन सुरु गरेको यो कच्चा घडा पनि ढल्नेछ, फुट्नेछ। र यो रुवाबासीमा रमाइरहेकाहरू…!”
