आजको मिति: शुक्रबार, जेठ १, २०८३
०९:२१ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

सुनको भाउ फेरि ३ लाख नाघ्यो

दमक ।

सुनको भाउ फेरि ३ लाख रुपैयाँ नाघेको छ । मंगलबार एकैदिन प्रतितोला ४ हजार ४ सय रुपैयाँले मूल्य बढेसँगै सुनको भाउ ३ लाख नाघेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ तोकेको छ ।

सोमबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा मंगलबार भारी वृद्धि भएको छ । मंगलबारका लागि तोलामा ३५५ रुपैयाँ (६.६ प्रतिशत)ले चाँदीको भाउ बढेको हो ।

मंगलबारका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ६९५ रुपैयाँ तोकिएको छ ।

सोमबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *