दमक ।
कार्गाे तथा कुरियरका सामग्री विदेशबाट स्वदेशमा ल्याउने र स्वदेशबाट विदेश पुर्याउने एजी एक्सप्रेस कम्पनीले दमकमा शाखा विस्तार गरेको छ ।
काठमाडौंस्थित तिनकुनेमा प्रधान कार्यालय रहेको एजी एक्सप्रेसले आइतबार दमकमा १७ औँ शाखा सञ्चालमा ल्याएको हो ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले एजी एक्सप्रेस दमक शाखाको औपचारिक उद्घाटन गर्दै ब्यवसायिक सफलता र स्तरीय सेवाका लागि आग्रह गरेका थिए ।
नेपाली स्थानीय उत्पादनहरू (हस्तकला, गिफ्ट, मसला, लत्ताकपडाहरू, खाद्यान्न) लाई प्रवासमा रहेका नेपाली समुदायसम्म पुर्याउने प्रभावकारी माध्यम एजी एक्सप्रेस बनेको कम्पनीका ग्लोबल सीईओ एवम् अध्यक्ष तुलसी उप्रेतीले बताए ।
नेपाली गाउँघरका साना उद्यमीहरूको उत्पादन विश्व बजारसम्म पुर्याउन एजी एक्सप्रेस प्रभावकारी माध्यम बनेको कुरियर संघ कोशी प्रदेशका अध्यक्ष कृपानारायण चौधरीको भनाइ थियो ।
विराटनगर, इटहरी, विर्तामोडलगायतका नेपालका विभिन्न १७ स्थानबाट सेवा दिइरहेको कम्पनीले दमकबाट पनि सेवा सञ्चालन गरेको शाखाका प्रमुख मिलन मिश्रले बताए ।
