दमक ।
तीन दिनयता सुनको भाउ लगातार घटेको छ । बिहीबार पनि प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ९२ जहार ७ सय रूपैयाँ कायम भएको हो ।
बुधबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो । मंगलबार यता तीन दिनमा सुनको भाउ ७ हजार ८ सय रुपैयाँ घटेको हो ।
त्यस्तै बिहीबार चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १०५ रुपैयाँ घटेसँगै ४ हजार ८१० रुपैयाँमा झरेको छ । अघिल्लो दिन ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
