आजको मिति: शुक्रबार, जेठ १, २०८३
१०:२२ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

बालेन सरकारले सुकुम्बासीमाथि आतंक मच्चायो : प्रचण्ड

दमक ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन सरकारले पञ्चायती तानशाहको झल्को दिनेगरी सुकुम्बासीमाथि आतंक मच्चाएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले आरोप लगाएका छन् ।

दाहालले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो आयोप लगाएका हुन् । ‘अहिलेको सरकारले गरिबमाथि गरेको दमनले पञ्चायती निरंकुशताको झझल्को दिएको छ’, उनले भने, ‘हिजो निरंकुश राज्यसत्ताले हात्ती लगाएर गरिब, सुकुम्बासीका छाप्रो भत्काउने गर्दथ्यो । बस्तीहरूमा आगो लगाउने गर्दथ्यो । आज लोकतन्त्रमा जनताको घर बस्ती भत्काइएका छन् । लालाबालाहरूको बिचल्ली बनाइएको छ ।’

सेना प्रहरी लगाएर सुकुम्बासीको घर टहरा भत्काइएको घटनातर्फ इंगित गर्दै दाहालले स–साना नानीहरुको रुवबासी, झरीमा रुझान, बोहोस भएका महिलाहरुको सास्ती आदिले अहिलेको सरकारले गरिब वर्गमाथि निशाना बनाएको टिप्पणी गरे ।

गरिब र सुकुम्बासी हटाएर देशको मुहार नफेरिने जिकिर गर्दै उनले गरिब जनता समृद्धिका बाधक र सुकुम्बासीहरू विकासका अवरोधक नभएको दावी गरे । ‘बिना कुनै योजना, बिना कुनै पूर्व जानकारी र तयारी जबरजस्ती बस्ती खाली गरेर देशको मुहार फेरिन्न । जसको केही हुन्न उसको साहरा राज्य बन्नुपर्छ भनेर नै नेपाली जनताले लामो लडाइ लडेर संविधानमा आवासको अधिकार र गरिबको अधिकार लेख्न सफल भएको हो,’ दाहालले भने ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *