आजको मिति: मंगलबार, जेठ २६, २०८३
०९:२५ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

युवालाई खेलतर्फ आकर्षित गर्न पूर्वेली युथले फुट्सल प्रतियोगिता आयोजना गर्दै

Infinite Scroll Ad

दमक । युवालाई खेलकुदतर्फ आकर्षित गर्दै लागूऔषध तथा सामाजिक विकृति विसंगतिबाट टाढा राख्ने उद्देश्यसहित दमकमा रहेको पूर्वेली युथको आयोजनामा फुट्सल प्रतियोगिता हुने भएको छ ।

‘दुर्व्यासनबाट टाढा रहौं, खेलमार्फत भविष्य उज्यालो बनाऔं’ भन्ने मूल नारासहित आयोजना गर्न लागिएको उक्त प्रतियोगिता यही जेठ ४ र ५ गते सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताका सम्पूर्ण खेल दमक १ भाङबारीमा अवस्थित फुट्सल मैदानमा खेलाइनेछन् ।

आयोजकका अनुसार प्रतियोगितामार्फत युवामा अनुशासन, सकारात्मक सोच तथा खेल संस्कृतिको विकास गर्ने लक्ष्य राखिएको छ । साथै खेलकुदमार्फत युवाहरूलाई स्वस्थ, सभ्य र जिम्मेवार समाज निर्माणतर्फ प्रेरित गर्ने उद्देश्यसमेत रहेको बताइएको छ ।

Sidebar Premium Ad

प्रतियोगिताको विजेताले नगद रु २० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी, विधागत पुरस्कारअन्तर्गत म्यान अफ दि टुर्नामेन्ट, बेस्ट गोलकिपर, हाई स्कोरर तथा उदयिमान खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि टिम दर्ता शुल्क रु २ हजार ५ सय निर्धारण गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको भन्दै आयोजकले पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी गराएको हो ।

Sidebar Premium Ad

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *