संघीय सरकारका दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शपथ लिएका हुन् । शपथ ग्रहण कार्यक्रम शीतलनिवासस्थित राष्ट्रपति भवनमा आयोजना गरिएको हो । शपथलगत्तै दुवै मन्त्रीले आजै पदभार…

