काठमाडौं ।
नेपाली काँग्रेस संसदीय दलको नेताका लागि तीन जना प्रतिस्पर्धी देखिएका छन् ।
काँग्रेस संसदीय दलको विधान पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाएसँगै संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढेको हो । संसदीय दलको नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदार देखिएका छन् ।
पार्टीका सहमहामन्त्री एवम् निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले अनुसार संसदीय दल नेता चयनको लागि निर्वाचन कार्यतालिकाअनुसार प्रक्रिया अघि बढेको छ ।
२१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी काँग्रेसले ३८ सिट जितेको छ ।
पार्टीले महामन्त्री प्रदीप पौडेललाई संसदीय दलको नेता चयन प्रक्रियामा सहजीकरणका लािग खटाएको छ । आकांक्षीबीच सहमति नभएमा निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार अपराह्न मतदान हुनेछ काँग्रेस स्रोतले जनाएको छ ।
शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको मनोनयनका लागि समय तोकिएको छ ।
