आजको मिति: शुक्रबार, जेठ १, २०८३
१२:५३ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

मन्त्रीहरूको खेतबारीमा पहेँलपुर तोरी फुलेछ : गोकुल बास्कोटा

काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यसको व्यापक चर्चा भइरहेको छ। मन्त्रीहरूसँग ठुलो परिमाणमा सुन र सम्पत्ति रहेको तथ्य बाहिरिएपछि नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारमाथि तिखो व्यङ्ग्य गरेका छन्।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै बास्कोटाले आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो लागेको भन्दै व्यङ्ग्यको बाण छोडेका हुन्। बास्कोटाले देश ‘लङ्का’ बनिसकेको टिप्पणी गर्दै पहाडका डाँडामा लालीगुराँस फुल्ने समयमा मन्त्रीहरूका खेतबारीमा भने ‘पहेँलपुर सुनको तोरी’ फुलेको भन्दै कटाक्ष गरे।

उनले मन्त्रीहरूको यो अथाह सम्पत्तिलाई समृद्धि र सुशासनको आरम्भका रूपमा व्यङ्ग्य गर्दै यसले आफूलाई झनै खुसी तुल्याएको बताए। ‘जहाँ कङ्गाल त्यहीँ चण्डाल’ भन्ने उखानलाई स्मरण गर्दै उनले अहिले त्यो अवस्था हटेको जिकिर गरेका छन्।
उनले लेखेका छन्, ‘आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो भो।

देश लङ्का बनिसकेछ,डाँडाभरि लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ।संवृद्धि आएछ (सुशासन त्यहीबाट आरम्भ भई हाल्छ।म झनै खुसी किन कि जहाँ कङ्गाल त्यही चण्डाल भन्थे,त्यो दूर भएछ ‘झिक्कै झिक्कै मया तम्लाई’

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *