आजको मिति: शुक्रबार, जेठ १, २०८३
११:५५ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

सरकारविरुद्ध आन्दोलनमा नेपाल पत्रकार महासङ्घ

दमक ।

तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्रै दिन सरकारी निर्णयको विरुद्धमा नेपाल पत्रकार महासङ्घले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन वटै तहका सरकारी विज्ञापन निजी सञ्चार माध्यमहरुमा प्रकाशन प्रसारण गर्न रोक लगाउने निर्णय विभेदकारी भएको ठहरसहित महासङ्घ चरणवद्ध आन्दोलनमा होमिएको हो ।

मंगलबार महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा जिल्ला प्रशासनक कार्यालयहरुमाफैत ज्ञापनपत्र बुझाउने, प्रदेशका मुख्यमन्त्रीसँग छलफलगर्नेदेखि स्थानीय तहहरुलाई सङ्घ सरकारका निर्णय अवज्ञा गर्न आह्वान गर्नेलगायत विषय समावेश छन् ।

यस्ता छन् आन्दोलनका कार्यक्रम :

  • २०८३ वैशाख ९ गते : महासङ्घका सबै प्रदेश समितिले मुख्यमन्त्रीसँग छलफल गरी महासङ्घको धारणा प्रष्ट पार्ने र प्रतिवद्धता लिने ।
  • २०८३ वैशाख १० गते बिहान १० बजेः महासङ्घका सबै जिल्ला शाखाले सबै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने ।
  • २०८३ बैशाख १० गते दिउँसो १ बजे : केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी महासङ्घको अवधारणा सार्वजनिक गर्ने ।
  • २०८३ वैशाख ११ गते : सबै सञ्चारमाध्यमलाई सम्पादकीय ऐक्यवद्धतामार्फत सरकारको विभेदकारी निर्णय र परिपत्रको सोही दिन विरोध गर्न आह्वान गर्ने ।
  • २०८३ वैशाख ११ गते बिहान ८ बजे : पत्रकार तथा महासङ्घका सदस्यहरुमार्फत सामाजिक सञ्जाल प्रयोग गरी विरोधका सामग्री सार्वजनिक गर्ने ।
  • २०८३ वैशाख १४ गते : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग छलफल गर्ने ।
  • २०८३ वैशाख १५ गते : नगरपालिका र गाउँपालिका महासङ्घसँग केन्द्रीय समिति र जिल्ला समन्वय समितिमार्फत सबै स्थानीय तहलाई सङ्घीय सरकारको निर्णय अवज्ञा गर्न आह्वान गर्दै शाखाहरुले ज्ञापनपत्र बुझाउने ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *