दमक ।

झापाको दमक ४ स्थित आस्था कलेजले राष्ट्रिय परिक्षा बोर्डले २०८२ मा लिएको कक्षा १२ परीक्षामा व्यवस्थापन संकायतर्फ उत्कृट अङ्ग ल्याएको छ । भर्खरै प्रकाशित नतिजा अनुसार आस्था कलेजले ब्यवस्थापन सङ्काय तर्फ नेपालकै उत्कृस्ट नतिजा ल्याएको जनाएको हो

३.९६ जिपीएसहित कमल गाउँपालिका ३ केर्खा निवासी पेरिस बोहोराले उत्कृष्ट जिपीए प्राप्त गरेको कलेजका निर्देशक टेकनाथ भण्डारीले बताए । ‘यो जिपीए नेपालकै उत्कृष्ट भएको हाम्रो दावी छ’, उनले भने, ‘हालसम्मको नतिजा अनुसार ब्यवस्थापन सङ्काय तर्फ ३.९६ जिपीए भन्दा माथी कसैले ल्याएकै छैन ।’

झापा जिल्लाभरिमा ३.६ जिपीए भन्दा माथि ४२ जना उत्तीर्ण राउन सफल आस्था कलेज यो जिपिए सहित यतिधेरै बिद्यार्थी उत्रीण गराउने जिल्लाको पहिलो कलेज समेत भएको छ । पछिल्ला केही बर्शयता निरन्तर उत्कृस्ट नतिजा निकाल्न सफल यस आस्था कलेजले यो पटक आफ्नो नजितालाइ झन ब्यापक बनाएको छ ।यो सहित कलेजका अन्य ४ जना विद्यार्थी ३.९ जिपीएसहित उत्रीण भएका छन ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्