दमक ।

जलवायुसम्बन्धी नोक्सानी र क्षतिका लागि नेपालले २ करोड अमेरिकी डलर (करिब ३ अर्ब नेपाली रुपैयाँ) पाउने भएको छ । विकासोन्मुख देशहरूले वर्षौँदेखि माग गर्दै आएको जलवायुसम्बन्धी हानीनोक्सानि कोषले नेपालका लागि ३ अर्ब बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।  

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन  महासन्धी र पेरिस सम्झौताअन्तर्गत स्थापित हानि र क्षतिको प्रतिकार्य कोष (FRLD) ले विनाशकारी बाढीको मार बेहोरेको करिब २ महिनापछि यस्तो निर्णय गरेको विविसी वल्र्डले जनाएको हो ।

कोषको वार्षिक बैठक आउँदो डिसेम्बर महिनाका लागि तोकिएको भए तापनि केही सदस्य राष्ट्रले नेपालको आग्रहलाई तत्काल सम्बोधन गर्नुपर्ने भन्दै माग राखेपति कोषको विशेष बैठक बसेको थियो । सो विशेष बैठकले नेपालको बाढी बारे सम्बोधन गरेको बताइएको छ ।

तर कोषको बोर्डका अधिकारीहरूका अनुसार  यो निर्णयको अर्थ नेपालले तत्काल रकम पाइहाल्ने भने होइन । नेपालले सबैभन्दा पहिले त्यो रकम कसरी खर्च गर्ने भन्ने विवरण कोषलाई पेस गर्नुपर्ने प्रावधान रहेको समाचारमा जनाइएको छ ।

भोटेकोशी–त्रिशूली बाढीमा १४०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने  ५००० जनाभन्दा बढी बेपत्ता छन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्