दमक ।
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लागि लिग चरण र इलिमिनेटरसहित फाइनल खेलका टिकटदर सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको टिकटदरमा लिग चरणका खेलकामा ५०० रुपैयाँ र १००० रुपैयाँ मूल्यको टिकटदर कायम भएको हो । जसमा साधारणतर्फ दर्शकले ५०० र प्रिमियमतर्फ १००० शुल्क तिरेर खेल हेर्न सक्नेछन् ।
त्यसैगरी इलिमिनेटर चरण र फाइनल खेलका लागि साधारणतर्फ १००० रुपैयाँ र प्रिमियमतर्फ २००० रुपैयाँ टिकटदर कायम गरिएको क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
क्यानले कार्तिक ५ गतेदेखि इसेवामार्फत टिकट बिक्री खुला गरेको हो । एनपीएल तेस्रो संस्करण ९ कार्तिकदेखि ५ मंसिरसम्म चल्नेछ ।



प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।