इलाम ।

‘फूलै फूलमा गोदावरी, पर्यटन र व्यापारको तयारी’ भन्ने मूल नाराका साथ इलाममा प्रथम गोदावरी प्रदर्शनी मेला–२०८३ आयोजना हुने भएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल (एफएएन), इलामको आयोजनामा कार्तिक १८ देखि २१ सम्म मेला आयोजना हुने भएको हो ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल, इलामकी कार्यवाहक अध्यक्ष रञ्जिता जिमी याक्खाका अनुसार इलामको इलाम चोक बजारमा आयोजना हुने मेलामा दैनिक बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म फूल प्रदर्शनी हुनेछ ।

मेलामा सहभागी हुन चाहने नर्सरी फार्म तथा व्यवसायीका लागि कार्तिक १७ गतेसम्म स्टल बुकिङ खुल्ला रहने याक्खाले बताइन् ।

मेलाका नेपालमा उत्पादित गोदावरी फूलको विशेष प्रदर्शनी हुने बताइएको छ ।

१५ देखि २५ वटासम्म नर्सरी फार्मका स्टलहरू राखिने मेलामा विभिन्न फूलका विरूवाहरू, औजार, मलखाद आदिको प्रदर्शनी तथा बिक्रीका साथै आधुनिक खेती प्रविधि र बजारसम्बन्धी सूचना आदान–प्रदान तथा परामर्श गरिने आयोजकले जनाएको छ ।

इलाममा पुष्प व्यवसायको प्रवद्र्धन, पर्यटन विकास तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको र सर्वसाधारणलाई मेलामा सहभागी भइ अवलोकन गर्न आयोजकले आह्वान गरेका हुन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्