आजको मिति: आइतबार, जेठ १७, २०८३
११:५६ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित|प्रधानमन्त्रीले भनेजस्तै नेपालले भारतको सीमा मिचेको छैन : पूर्वराजदूत नीलाम्बर आचार्य|संसदमा आशिका तामाङ आक्रोशित बनेपछि के–के लफडा भयो ?|नेपालले भारतको जग्गा मिचेको प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति|आफ्नै पार्टीका प्रधानमन्त्रीलाई रास्वपाले के सोध्यो, बालेनले के दिए जवाफ ?|सुकुम्बासीका समस्याबारे प्रधानमन्त्रीले भने– ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमै नखोजाैँ|प्रश्नोत्तर सकिएलगत्तै संसद बैठकमा नबसी हिँडे प्रधानमन्त्री बालेन|स्थापनाको १२ वर्षपछि विज्ञान संग्रहालयबाट हटाइयो बीपी कोइरालाको नाम|करेन्ट लागेर महिलाको मृत्यु|एसियन गेम्स छनोटमा नेपालको सानदार प्रदर्शन, चीन २२१ रनले पराजित|

सुकुम्बासीका समस्याबारे प्रधानमन्त्रीले भने– ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमै नखोजाैँ

Infinite Scroll Ad

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आइतबार संसदमा जवाफ दिने क्रममा सुकुम्बासी समस्याको विषयमा जवाफ दिएका छन् । प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुकुमबासीको समस्याका बारेमा प्रश्न राखेका थिए । 

‘सुकुम्बासी समस्या समाधान सामाजिक सञ्जालमा मात्र हुन्छ कि साँच्चिकै हुन्छ ?,’ सांसद राईको प्रश्न थियो । 

जवाफमा प्रधानमन्त्री बालेनले सुकुम्बासीका समस्या समाधान हुने बताए । ‘काठमाडौं उपत्यकामा रहेका खोला किनारमा रहेकालाई अन्य स्थानमा स्थानान्तरण गर्ने काम भएको हो । बाढी आउँदा उहाँहरूको घर डुबानमा पर्ने स्वास्थ्यअवस्था पनि नाजुक थियो । ढल सिधै खोलामा मिसाइएको थियो । त्यसबाट आएको दुर्गन्धबाट बिरामी हुने अवस्था थियो । बिरामी पनि परिराख्नुभएको थियो । खोला पनि फोहोर भइरहेको छ । सबैभन्दा पहिलो कुरा उहाँहरूको ज्यान जोखिममा थियो । ज्यान जोखिमबाट बचाउने काम गरेको हो नेपाल सरकारले,’ प्रधानमन्त्री बालेनले भने, ‘उहाँहरूलाई जग्गा व्यवस्थापनको लागि भूमिसम्बन्धी समिति छ । त्यसमा तीन मन्त्रालयले काम गरिरहेको छ । हतार गरेर हुँदैन । जति समय लाग्छ लाग्छ । ३५ वर्षमा नभएको चिज ३५ मिनेटमा नखोजौँ, समय लाग्छ ।’ 

Sidebar Premium Ad

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *