सर्लाही । सर्लाहीमा विद्युतीय मोटरमा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको रामनगर गाउँपालिका-६ मलघट्टाटोल निवासी रामानन्द रायकी श्रीमती करिब ५० वर्षीया मिथलेसिया देवीको शनिबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार मिथलेसिया देवी आफ्नै घर पछाडि रहेको ट्युबेल कलमा जडान गरिएको विद्युतीय मोटरमा नुहाइरहेकी थिइन् ।
सोही क्रममा मोटरमा अचानक करेन्ट प्रवाह हुँदा उनी करेन्टको चपेटामा परेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए। प्रहरीले घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




