आजको मिति: आइतबार, जेठ १७, २०८३
०६:४८ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
करेन्ट लागेर महिलाको मृत्यु|एसियन गेम्स छनोटमा नेपालको सानदार प्रदर्शन, चीन २२१ रनले पराजित|स्वास्थ्यमन्त्री मेहताकाे अपिल– सुर्तीजन्य पदार्थको उपभोग बन्द गराैँ|टिकटकर तुल्सा अधिकारी थाइल्यान्डमा पक्राउ, काठमाडाैं ल्याइयो|पत्रकार हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम|हातको ट्याटुबाट शवको पहिचान खोज्दै प्रहरी, सेतुमारी पुलमुनि बोराभित्र महिलाको शव फेला|क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठनका २० जना नेकपामा प्रवेश|पाँचथरको कुम्मायकमा सेनाको बृहत स्वास्थ्य शिविर|मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग लिङ्देनको आग्रह|गणतन्त्रले जनतालाई देशको मालिक बनायो, यसलाई जोगाउन शासन शैली सुधार्नुपर्छ: प्रथम राष्ट्रपति यादव|

टिकटकर तुल्सा अधिकारी थाइल्यान्डमा पक्राउ, काठमाडाैं ल्याइयो

Infinite Scroll Ad

टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार थाइल्यान्डबाट पक्राउ परेकी अधिकारीलाई राति नै काठमाडौं ल्याइएको हो । 

उनलाई शनिबार राति नेपाल ल्याइएकाे र अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), सुनवल नगरपालिका–६ स्थायी ठेगाना भएकी अधिकारीलाई ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 

Sidebar Premium Ad

उनलाई थुनछेक प्रयोजनका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उजुरी परेको थियो ।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी मुद्दा दायर भएको थियो । अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए ।

उनी भागेर विदेश गएको खुलेपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा अर्को छुट्टै साइबर अपराधको मुद्दासमेत दायर भएको छ । 

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *