आजको मिति: शनिबार, जेठ १६, २०८३
०८:०१ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
पत्रकार हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम|हातको ट्याटुबाट शवको पहिचान खोज्दै प्रहरी, सेतुमारी पुलमुनि बोराभित्र महिलाको शव फेला|क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठनका २० जना नेकपामा प्रवेश|पाँचथरको कुम्मायकमा सेनाको बृहत स्वास्थ्य शिविर|मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग लिङ्देनको आग्रह|गणतन्त्रले जनतालाई देशको मालिक बनायो, यसलाई जोगाउन शासन शैली सुधार्नुपर्छ: प्रथम राष्ट्रपति यादव|गणतन्त्रको यात्रामा किशोरावस्थाको नेपाल|सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?|४ बजे बजेट आउँदै, साढे २ बजे बोलाइयो क्याबिनेट|नेपाल फर्कन तयारी हुनुहोस् : सभामुख अर्याल|

हातको ट्याटुबाट शवको पहिचान खोज्दै प्रहरी, सेतुमारी पुलमुनि बोराभित्र महिलाको शव फेला

Infinite Scroll Ad

दमक । झापाको दमक नगरपालिका १० स्थित सेतुमारी पुलमुनि बोराभित्र प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

प्रहरीका अनुसार अन्दाजी ३०-३१ वर्ष उमेरकी देखिने ती महिलाको शव शनिबार फेला परेको हो । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

हालसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । तर, उनको हातमा रहेको विशिष्ट ट्याटु पहिचानको महत्वपूर्ण आधार बन्न सक्ने अनुमान गरिएको छ । सोही ट्याटुका आधारमा मृतकको परिचय खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Sidebar Premium Ad

इलाका प्रहरी कार्यालय दमकका अनुसार शव फेला परेको अवस्था शंकास्पद रहेकाले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको छ । मृतक महिलाको पहिचान तथा घटनासम्बन्धी कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय दमकमा सम्पर्क गर्न प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ ।

प्रहरीले ट्याटुको तस्बिर सार्वजनिक गर्दै मृतकको परिचय खुलाउन सहयोग गरिदिन आग्रह गरेको छ ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *