धरान ।
विद्युत सर्ट भएर आगलागी हुँदा उदपुरमा दुई जनाको जलेर ज्यान गएको छ ।
मंगलबार बिहान २ः४५ बजेबाट सुरु भएको आगलागीमा परि स्थानीय ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको हो ।
घरमा सुतिरहेको अवस्थामा उनीहरु दुवैको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए । उनका अनुसार आगलागीमा परि घाइते भएकी अस्मिता खड्काको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ ।
बेल्टारस्थित शान्तिचोकका लक्ष्मीनारायणको घरबाट विद्युत तार सर्ट भएर सल्किएको आगोले लक्ष्मीसहित रबिनकुमार दास र सकलदेवको घर समेत जलेर पूर्ण नष्ट भएको उदयपुर प्रहरीले जनाएको छ ।
आगो त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा मंगलबार बिहान आगो निभाइएको थियो ।




