आजको मिति: शनिबार, जेठ १६, २०८३
०८:०० बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
पत्रकार हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम|हातको ट्याटुबाट शवको पहिचान खोज्दै प्रहरी, सेतुमारी पुलमुनि बोराभित्र महिलाको शव फेला|क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठनका २० जना नेकपामा प्रवेश|पाँचथरको कुम्मायकमा सेनाको बृहत स्वास्थ्य शिविर|मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग लिङ्देनको आग्रह|गणतन्त्रले जनतालाई देशको मालिक बनायो, यसलाई जोगाउन शासन शैली सुधार्नुपर्छ: प्रथम राष्ट्रपति यादव|गणतन्त्रको यात्रामा किशोरावस्थाको नेपाल|सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?|४ बजे बजेट आउँदै, साढे २ बजे बोलाइयो क्याबिनेट|नेपाल फर्कन तयारी हुनुहोस् : सभामुख अर्याल|

पत्रकार हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

Infinite Scroll Ad

दमक, झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा जिल्लाका ११ पत्रकार तथा सञ्चारसम्बद्ध संस्थाहरूको सहभागिता रहेको थियो ।

पत्रकारिता, सञ्चार, आचारसंहिता, समसामयिक विषय तथा पेशागत ज्ञानसँग सम्बन्धित प्रश्नहरू समेटिएको प्रतिस्पर्धामा भद्रपुर प्रेस क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो । प्रतियोगितामा अर्जुनधारा प्रेस क्लब द्वितीय तथा नेपाल प्रेस युनियन तृतीय स्थानमा रहे । त्यसैगरी प्रेस क्लब, प्रेस चौतारी, नारी सञ्चार गृह, सञ्चारिका समूह, फोनिज झापा तथा पर्यटन पत्रकार मञ्चले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

विजेता टोलीलाई क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानका लागि नगद रु. ११,१११, रु. ७,७७७, रु. ५,५५५ र रु. २,२२२ सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख रामकुमार थापा ले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक, उत्तरदायी र तथ्यपरक बनाउन यस्ता ज्ञानमूलक प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

Sidebar Premium Ad

उनले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले पत्रकारहरूको क्षमता अभिवृद्धिमा निरन्तर ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । यस प्रतियोगिताले स्वस्थ प्रतिस्पर्धा र आपसी सहकार्यको वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *