आजको मिति: शनिबार, जेठ १६, २०८३
०८:०२ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
पत्रकार हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम|हातको ट्याटुबाट शवको पहिचान खोज्दै प्रहरी, सेतुमारी पुलमुनि बोराभित्र महिलाको शव फेला|क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठनका २० जना नेकपामा प्रवेश|पाँचथरको कुम्मायकमा सेनाको बृहत स्वास्थ्य शिविर|मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग लिङ्देनको आग्रह|गणतन्त्रले जनतालाई देशको मालिक बनायो, यसलाई जोगाउन शासन शैली सुधार्नुपर्छ: प्रथम राष्ट्रपति यादव|गणतन्त्रको यात्रामा किशोरावस्थाको नेपाल|सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?|४ बजे बजेट आउँदै, साढे २ बजे बोलाइयो क्याबिनेट|नेपाल फर्कन तयारी हुनुहोस् : सभामुख अर्याल|

पाँचथरको कुम्मायकमा सेनाको बृहत स्वास्थ्य शिविर

Infinite Scroll Ad

नेपाली सेनाको बीरबल गणले आयोजनामा पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र वडा नम्वर १, यासोकमा गरिएको बृहत स्वास्थ्य शिविरमा एक हजार चार सय ७९ जनाको स्वास्थ परिक्षण गरिएको छ । शिविरमा स्वास्थ्य परीक्षण, औषधी वितरण तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो ।

नेपाली सेनाको आयोजना तथा कुम्मायक गाउँपालिकाको व्यवस्थापनमा भएको दुई दिने शिविरमा कुम्मायक, फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो । शिविर जेठ १३ र १४ गते सञ्चालन भएको हो ।

२० जना विशेषज्ञ डाक्टर सहितका चिकित्सकको उपस्थितीमा भएको शिविरमा हाडजोर्नी परिक्षण, आँखा, स्त्रीरोग, नाक–कान–घाँटी, दन्त, छाला तथा मानसिक स्वास्थ्य सहित ११ वटा बिशेषज्ञ बिभाग मार्फत सेवा प्रदान गरिएको बीरबल गणले जनाएको छ ।

Sidebar Premium Ad

शिविर समापन कार्यक्रममा नेपाली सेनाको पुर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापति उपरथी गौरवकुमार केसी सहित सुरक्षा प्रमुख, सरकारी कार्यालयका प्रमुखहरु, जनप्रतिनिधि, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

आर्थिक अभाव, भौगोलिक कठिनाईका कारण अस्पताल पुगेर स्वास्थ्य सेवा लिन नसक्ने नागरिकहरुका लागि शिविर प्रभावकारी देखिएको नेपाली सेनाले जनाएको छ ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *