आजको मिति: बुधबार, जेठ १३, २०८३
०९:०७ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
सडकमा स्वतन्त्रताको पदचाप|कानुन र राजनीतिको चेपारोमा गाँजा ?|प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप|यस वर्ष अहिलेसम्मकै बढी परिमाणमा किसानलाई रासायनिक मल उपलब्ध गराइनेछ : मन्त्री चौधरी|पशु वधशाला र मासु जाँच ऐन संशोधन हुँदै, राय सुझाव माग|चन्द्रमामा मानव बस्तीका लागि नासाले सार्वजनिक गर्‍यो योजनाको खाका|आफ्नै राइड शेयर प्लेटफर्म निर्माण गर्न सरकारलाई सांसद चाैधरीको आग्रह|संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर|पहिलो कार्यकालमा जग बस्यो, दोस्रोमा नतिजा आयो|नेपाल प्रेस युनियनले स्थापना दिवस मनाउँदै, विधान महाधिवेशन हुँदै|

स्वास्थ्य बीमाको सेवा कटौती : निजी अस्पतालमा अब आकस्मिकबाहेक अन्य सेवा नपाइने

Infinite Scroll Ad

सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिकबाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको जनाएको छ । बोर्डको ११ जेठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको भन्दै बीमा बोर्डले १६ जेठ अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने उल्लेख छ ।

यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौँ निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने भएको छ । आकस्मिक सेवा भने यथावत् रहने बोर्डले जनाएको छ ।

Sidebar Premium Ad

बीमा बोर्डका अनुसार अहिलेसम्म सेवाप्रदायक सस्थालाई १६ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।

निजी अस्पतालहरूले लामो समयदेखि सरकारले स्वास्थ्य बीमावाफर्तको भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए ।

सरकारले भुक्तानी गर्न नसकेपछि निजी अस्पतालहरूले बीमा कार्यक्रममार्फत सेवा उपलब्ध गराउन नसक्ने बताउँदै आएका थिए । कतिपय सरकारी अस्पतालहरूले नै बीमा कार्यक्रममार्फत प्रदान गर्दै आएको सेवा बन्द गरिसकेका छन् ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *