आजको मिति: बुधबार, जेठ १३, २०८३
०९:०१ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
कानुन र राजनीतिको चेपारोमा गाँजा ?|प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप|यस वर्ष अहिलेसम्मकै बढी परिमाणमा किसानलाई रासायनिक मल उपलब्ध गराइनेछ : मन्त्री चौधरी|पशु वधशाला र मासु जाँच ऐन संशोधन हुँदै, राय सुझाव माग|चन्द्रमामा मानव बस्तीका लागि नासाले सार्वजनिक गर्‍यो योजनाको खाका|आफ्नै राइड शेयर प्लेटफर्म निर्माण गर्न सरकारलाई सांसद चाैधरीको आग्रह|संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर|पहिलो कार्यकालमा जग बस्यो, दोस्रोमा नतिजा आयो|नेपाल प्रेस युनियनले स्थापना दिवस मनाउँदै, विधान महाधिवेशन हुँदै|‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’|

नेपाल प्रेस युनियनले स्थापना दिवस मनाउँदै, विधान महाधिवेशन हुँदै

Infinite Scroll Ad

नेपालका लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठनका रूपमा रहेको नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदैछ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौंमा विधान महाधिवेशन आयोजना गरेको छ ।

विधान महाधिवेशनको पूर्वसन्ध्यामा बिहान काठमाडौँमा माइतीघर मण्डलामा प्रभातफेरी आयोजना गरिएको छ । त्यसपछि विधान महाधिवेशन हुँदैछ । विधान महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्दै रहेको युनियन अध्यक्ष शिव लम्सालले बताएका छन् । 

विधान महाधिवेशनका लागि सबै शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा तोकिए बमोजिमका प्रतिनिधिहरू काठमाडौँ आइपुगेको युनियनका उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिए ।

Sidebar Premium Ad

२०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनकै उपजका रूपमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो। नेपालका सञ्चारकर्मीलाई संगठित गरी श्रमजीवी पत्रकारहरूको पक्षमा वकालत गर्दै आएको युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था पनि हो।

युनियनको पहिलो तथा तदर्थ समितिको संयोजक पूर्वमन्त्री तथा तत्कालीन पत्रकार जेपी गुप्ता हुनुहुन्थ्यो। १७ जना संस्थापक सदस्यहरूमा हरि अधिकारी, रमेश तुफान, राजेश ढुंगाना, शिरीषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान रहेका थिए ।

युनियनको नेतृत्व हालसम्म हरि अधिकारी, रमेश तुफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजंग शाह, किरण पोखरेल र बद्री सिग्देलले गरिसकेका छन् ।  लम्सालले हाल नेतृत्व गरिरहेका छन् । 

Sidebar Premium Ad

युनियनले श्रमजीवी पत्रकारहरूको हकअधिकार, प्रेस स्वतन्त्रता, लोकतन्त्र तथा मिडियामैत्री नीतिगत व्यवस्थाका लागि नेतृत्वदायी भूमिका खेल्दै आएको महासचिव दिलीप पौडेलले जानकारी दिए । 

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *