आजको मिति: सोमबार, असार १५, २०८३
०२:२६ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

सुकुमबासी बस्ती तत्कालन नहटाऊ : एमनेस्टी इन्टरनेशनल

Infinite Scroll Ad

काठमाडौं ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनल बालेन सरकारको सुकुमबासी हटाउने निर्देशन तत्काल रोक्न भनेको छ ।

बल प्रयोग गरेर सुकुमवासी बस्तीहरू खाली गराउन प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरुलाई राखेर दिएको निर्देशनका कारण राजधानीका सुकुमबासी बस्तहरुमा अहिले त्रास फैलिएको छ ।

Sidebar Premium Ad

प्रधानमन्त्रीको निर्देशनपछि जिल्ला सुरक्षा समितिको बैठक राखेर काठमाडौंका सिडीओ इश्वराज पौडेलले पहिलो चरणमा काठमाडौंका ४ वटा सुकुमवासी बस्ती उठाउने तयारी थालेका छन् । पहिलो चरणमा थापाथली, शान्तिनगर स्थित गैह्रिगाउँ, मनहरा खोला किनारको बस्ती हटाउने निर्णय भएको बताइएको छ । सिडिओ पौडेलले काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग पनि यस विषयमा कुराकानी गरेको बताइएको छ ।

बिहीबार साँझदेखि प्रहरीले सुकुमबासी बस्ती खाली गर्न माइकिङ गरिरहेको छ ।सुकुमबासीहरुलाई उनीहरुको बसोबास क्षेत्रबाट निष्कासन गर्न अघि वासलगायत अन्य विकल्पहरु सुनिश्चित गर्ने लगायत विषयहरु बारे गम्भीर हुन एमनेस्टीले सरकारको ध्यानकर्षण गराएको हो ।

उसले यस विषयमा विज्ञप्ति नै जारी गरेर मानवअधिकारको सवाललाई प्रमुख चासोका साग हेरेको छ ।

Sidebar Premium Ad

एमनेस्टीले सरकारको जबरजस्ती निष्कासन कार्यले विधिको शासनलाई खतरनाक क्षयीकरणतर्फ लैजाने र सरकराको बढ्दो अधिनायकवादी दृष्टिकोण झल्किने भनेको छ ।

राजधानीका सुकुमबासीहरुमा अहिले सरकारले बस्ती खाली गर्न भन्दै माइकिङ गरिरहेको छ । शनिबार बिहानैदेखि काठमाडौंका अतिक्रमित बस्ती हटाइने भन्दै सरकारले अवरोध भए कानुन बमोजिम कारबाही गर्ने भन्दै सुकुमबासीलाई तर्साउँदै आएको छ ।

एमनेस्टी इन्टरनेसनल नेपालका प्रमुख निराजन थपिलयाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्व प्रमाणीकरण, अर्थपूर्ण परामर्श, वा वैकल्पिक आवासको सुनिश्चितता बिना परिवारहरूलाई निष्कासन गर्ने कार्यले उक्त प्रतिबद्धतालाई कमजोर बनाउँछ र एउटा सुशासनको चुनौतीको सवाललाई सजिलै टार्न सकिने मानवअधिकार संकटमा परिणत गर्ने जोखिम हुन्छ ।’

Above Content Ad
Header Top Ad

जबर्जस्ती निष्कासन गर्न अन्तर्राष्ट्रिय मानव अधिकार संरक्षणका सर्तहरू पालना भएको सुनिश्चत हुनुपर्ने एमनेस्टीको भनाइ छ ।

दुई दिन भित्रै गरिने भनिएको निष्कासनले नेपालको घरेलु र अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वहरू र विधिको शासनप्रतिको ठाडो उपेक्षालाई दर्शाउँदछ एमनेस्टीले उल्लेख गरेको छ ।

Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *