हालै विश्व कूटनीतिको शान्त खेलाडी चीनले अमेरिकालाई वैश्विक राजनीतिको कूटनैतिक जवाफ खापेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले धेरै कुरा त बोलेनन् तर शारीरिक भाकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जति विश्लेषण गरे पनि अन्त्य नखुट्टिने भाकामा सम्झाए ।
भवानी बराल
केही वर्षअघि केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई सीधै भाकामा स्वर्ग र नर्क जता गए पनि सगैँ जाने, सँगै मर्ने कसम खाएर फास्लाङ्गफुस्लुङ्ग पारेका थिए । ओलीको यही आश्वासनमा लठ्ठ परेर प्रचण्ड आफ्नो नेतृत्वको सरकार बच्ने कुरामा ढुक्क भएर सुते । तर, आधारातमा ‘दहीचिउरे’ बैठक गरेर ओलीले गठबन्धन तोडिदिए । ओलीको शारीरिक भाका नबुझ्दा प्रचण्ड बल्ड्याङ्ग खान पुगे । अक्सर कूटनीतिमा शारीरिक भाका पढ्ने गरिन्छ । तर, जब राजनीतिमा पनि शारीरिक भाकाको अर्थ लाग्न थाल्छ तब राजनीतिक मार्ग अनेक घुम्तीमा गएर ठोक्किन्छ । त्यसपछि प्रचण्डलाई दोबाटोमै छोडेर ओली शेरबहादुर देउवासँग स्वर्ग जान कुलेलम् ठोके । कांग्रेस–एमालेको गठबन्धन सरकार बन्यो । तर, कुबेलैमा जेन्जी विद्रोहको तुफानमा परेर झण्डै वित्तलमा परेनन् । यतिकैमा देउवा त माया नगरी हङ्कङतिर लागेका छन् । ओली भने ढिट कसेर गुण्डुतिर बेलाकुबेला गुन्गुनाउँछन् बेअर्थको राजनीतिक धुन ।
यस्तै, प्रकृतिको हावादारी अश्वासन त हैन । हालै विश्व कूटनीतिको शान्त खेलाडी चीनले अमेरिकालाई वैश्विक राजनीतिको कूटनैतिक जवाफ खापेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले धेरै कुरा त बोलेनन् तर शारीरिक भाकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जति विश्लेषण गरे पनि अन्त्य नखुट्टिने भाकामा सम्झाए । चीनको वैभव, पुरानो परम्परागत सभ्यता, हजारौँ वर्ष पुरानो ठिङ्ग उभिएको रुख (बगैंचा), द ग्रेट हल अफ द पिपुल, टेम्पल अफ हेवेन देखाएर शारीरिक भाकामा सबै कुरा भन्न भ्याएका छन् । विश्वका नेतालाई अपवादमा मात्र लगिने त्यस्ता घर र स्थानहरूमा ट्रम्पलाई पु¥याइएको अर्थपूर्ण अर्थ आउने नै छ । चीन–अमेरिका सम्बन्धको व्यवहारिक कार्यान्वयनले मात्र यसको प्रस्ट उत्तर दिनेछ ।
विश्व राजनीतिका घागडान खेलाडी अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले स्वर्ग जाने मन्दिर (टेम्पल अफ हेवेन) र नर्क जाने धराप थ्युसिडाइटस धराप (Thucydides Trap) को बारेमा संक्षेपमा जे बोले त्यो नै आजको वैश्विक राजनीतिको कूटनीतिक मेलो हो । अर्काे समृद्धि, सभ्यताको टेम्पल अफ हेवेनको बाटो जाने कि दूर्दशाको थ्युसिडाइटस धरापमा फस्ने दुईवटा मात्र मार्ग भएको दिक्षा दिएर सीले ट्रम्पलाई विदावारी गरेका छन् ।
संक्षेपमा दुई मार्गको परिचय
पहिलो मार्ग : थ्युसिडाइटस धराप (Thucydides Trap)
पुरानो शक्तिशाली देश र छिटो शक्तिशाली बन्दै गएको देशबीच पैदा हुने डर, प्रतिस्पर्धा र तनावका कारण युद्ध हुनसक्ने अवस्थालाई थ्युसिडाइटस धराप भन्ने जनाउँछ । एथेन्स र स्पार्टाबीच भएको युद्धको अध्ययन गर्दा यो विचार प्राचीन ग्रीक इतिहासकार थ्युसिडाइटसले दिएका थिए । उनले भनेका थिए, ‘एथेन्सको शक्ति बढ्नु र त्यसबाट स्पार्टामा उत्पन्न डरले युद्ध गरायो ।’ पुरानो महाशक्ति र उदाउँदै गरेको नयाँ शक्तिबीचको प्रतिस्पर्धाले युद्धतर्फ धकेल्न सक्छ भन्ने अवधारणा नै थ्युसिडाइटस धराप हो । यो युनानी इतिहासकार थ्युसिडाइटस (Thucydides ) को नामबाट लिइएको आधुनिक राजनीतिक अवधारणा हो । यो मिथक वा पुराण होइन, बरु ऐतिहासिक विश्लेषण हो । यस्तो अवधारणाको सटिक विश्लेषणले मात्र आजको वैश्विक आरोह–अवरोह जान्ने अवसर मिल्छ ।
थ्युसिडाइटसले आफ्नो पुस्तक पेलोपोनेसियनको युद्ध इतिहास (History of the Peloponnesian War) मा उल्लेख गरेका छन, ‘एथेन्सको उदय र स्पार्टाको मनमा उत्पन्न भएको डरले युद्ध अनिवार्य बनायो ।’ एथेन्सको शक्तिवर्धक उदय स्पार्टाको विनाशसँग सम्बन्धित ठह¥याइयो अर्थात्, एउटा उदाउँदो शक्ति (Rosong Power) ले स्थापित शक्ति (Established Power) लाई चुनौती दिँदा प्रायः युद्ध हुने प्रवृत्ति नै थ्युसिडाइटस धराप हो । यो अवधारणा बनेको घटना आजभन्दा करिब २४–२५ सय वर्षअघिको हो । प्राचीन ग्रिसमा ईसा पूर्व पाँचौँ शताब्दीमा यो दुर्घटना भएको थियो । सन् १९९० अघि शीतयुद्धको समयमा सोभियत संघ र अमेरिका संलग्न जति पनि प्रोक्सी युद्धहरू भए ती युद्धहरू पनि यही अवधारणासँग मेल खान्छ । पहिलो, दोस्रो विश्वयुद्धलगायत अनेकन युद्धहरू पनि यसै अवधारणाअन्तर्गत भएको मान्न सकिन्छ ।
एतिहासिक घटनाक्रम :
त्यो समयमा एथेन्स शक्तिशाली बन्दै गइरहेको थियो । समुद्री र आर्थिक शक्तिमा एथेन्स द्रुत विकासको गतिमा थियो । यता स्पार्टा पुरानो सैनिक महाशक्ति थियो । एथेन्सको बढ्दो शक्ति देखेर स्पार्टामा डर र असुरक्षा बढ्दै गयो । यही तनावपछि ईसा पूर्व ४३१ मा दुवै देशमा ठूलो युद्ध सुरु भयो । यो युद्ध, इतिहासमा पेलोपोनेसियन युद्धको नामले चिनिन्छ । युद्ध करिब २७ वर्षसम्म चल्यो । एथेन्ससँग बलियो नौसेना थियो । स्पार्टासँग शक्तिशाली थलसेना थियो । लामो युद्ध, रोग, आर्थिक संकट र आन्तरिक संघर्षका कारण अन्ततः एथेन्स कमजोर भयो । स्पार्टाले युद्धमा विजय हासिल ग¥यो । संक्षेपमा एथेन्सको शक्ति बढ्दा स्पार्टा डराएको थियो । त्यसैकारण एक अर्का देशलाई कमजोर बनाउन ठूलो युद्ध भयो । यही उदाहरणलाई आज थ्युसिडाइटस धराप भनिन्छ । सीले ट्रम्पलाई सुझाएको यही अवधारणा हो ।
सन्दर्भ सि जिनपिङ र ट्रम्प :
१४ मे २०२६, बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले यो शब्द प्रयोग गरेका थिए । सी जिनपिङले प्रश्न गरेका थिए, ‘के चीन र अमेरिका थ्युसिडाइटस धरापबाट बच्न सक्छन् र ठूला देशहरूबीचको नयाँ सम्बन्धको ढाँचा बनाउन सक्छन् ?’ उनको भनाइको आशय थियो, चीन उदाउँदो शक्ति हो र अमेरिका स्थापित शक्ति, त्यसैले द्वन्द्व बढ्न नदिन दुवै पक्ष सतर्क हुनुपर्छ । हारवर्डका प्रोफेसर ग्राहम एलिसन (न्चबजबm ब्ििष्कयल) ले यो अवधारणालाई उनको पुस्तक (म्भकतष्लभम ायच ध्बच)।मार्फत लोकप्रिय बनाएका हुन् ।
दोस्रो मार्ग : स्वर्गको मन्दिर (Temple of Heaven)
स्वर्गको मन्दिर (Temple of Heaven) चीनको बेइजिङ शहरको मध्यभागको दक्षिण–पूर्व क्षेत्रमा रहेको एउटा विशाल धार्मिक र कन्फ्युसियस शैलीको भवन समूह हो । यो स्थानमा मिंग र पछि चिङ राजवंशका सम्राटहरू राम्रो बालीको कामना गर्न र विभिन्न मौसमी धार्मिक अनुष्ठान गर्न आउने गर्थे ।
सन् १९९८ मा यसलाई विश्व सम्पदा सूचीमा राखियो । यसलाई वास्तुकला र प्राकृतिक डिजाइनको उत्कृष्ट नमुना मानिन्छ । जसले विश्वको एक महान सभ्यताको विकाससँग सम्बन्धित गहिरो ब्रह्माण्डीय सोचलाई सरल र स्पष्ट रूपमा देखाउँछ । यसको प्रतीकात्मक बनावट र डिजाइनले पूर्वी एसियाको वास्तुकला र शहर योजना निर्माणमा धेरै शताब्दीसम्म ठूलो प्रभाव पारेको मानिन्छ ।
स्वर्गको मन्दिर (Temple of Heaven) मिंग राजवंशका योंगले सम्राटको शासनकालमा सन् १४०६ देखि १४२० बीच निर्माण गरिएको थियो । ती सम्राटले नै फोरविडेन सिटी (Forbidden City) पनि बनाएका थिए । पछि १६औँ शताब्दीमा जियाजिङ सम्राटले यसको विस्तार गरी ‘टेम्पल अफ हेभेन’ नाम दिएका थिए । उनले बेइजिङमा सूर्य, पृथ्वी र चन्द्रमाका अन्य प्रसिद्ध मन्दिरहरू पनि निर्माण गराए । १८औँ शताब्दीमा चियानलोङ सम्राटको समयमा यसको अन्तिम मर्मत गरिएको थियो ।
रहलपहल हिन्दी शायरीमा
नर्क का डर दिखाकर जो खुद स्वर्ग बेचते हैं,
अक्सर वही दुनिया में सबसे ज्यादा ऐश करते हैं ।




