दमक । फिफा विश्वकप २०२६ मा खेल्ने अन्तिम ४८ वटा राष्ट्रको स्क्वाड (टिम) सूची सार्वजनिक भएको छ । फिफा विश्वकप २०२६ खेल्ने ४८ वटै राष्ट्रले जुन १ सम्म आफ्नो अन्तिम टोली फिफामा बुझाएपछि फिफाले मंगलबार सम्पूर्ण टोलीको सूची सार्वजनिक गरेको हो ।
जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा हुन लागेको २३औं संस्करणको फिफा विश्वकपका सहभागी ४८ राष्ट्रको अन्तिम नामावली सार्वजनकि भएसँगै यस पटकको विश्वकप फुटबल अत्यनत रोमाञ्चक र ऐतिहासिक हुने फिफाको भनाइ छ ।
इतिहासकै पहिलो पटक सन् २०२६ को विश्वकप उत्तरी र दक्षिणी तीन राष्ट्रमा आयोजना हुँदैछ । टिम संख्या ४८ कायम भएसँगै यस पटकको विश्वकपमा अहिलेसम्मकै सर्वाधिक १०४ खेल हुनेछन्, जसमा घोषित रूपमा १ हजार २४८ खेलाडी सहभागी हुनेछन् ।
यस पटकको विश्वपकमा कम्तिमा एक पटक फिफा विश्वकप खेलिसकेका ३५७ खेलाडी सहभागी हुँदैछन् भने ८९१ जना खेलाडीका लागि यो विश्वकप पहिलो र ऐतिहासिक अनुभव सिद्ध हुनेछ ।
विश्वकपमा घोषित टोलीमा रहेका मध्ये सबैभन्दा जेठा खेलाडी (स्कटल्याण्डका क्रेग गोर्डन (४३ वर्ष १६२ दिन) र सबैभन्दा कान्छा खेलाडी (मेक्सिकोका गिल्बर्टाे मोरा (१७ वर्ष २४० दिन) का छन् ।
प्रतियोगिताको सुरुमा २) वर्षभन्दा कम उमेरका कुल २२ खेलाडी र ४) वर्ष वा सोभन्दा बढी उमेरका ७ खेलाडीहरूले मैदानमा उत्रन सक्छन । यस्तै फिफा विश्वकप जितेका २२ खेलाडीहरु पनि यस पटक विश्वकप खेल्ने टिममा छन् ।
फुटबल महाकुम्भमा यस पटक नयाँ ४ राष्ट्रले पनि डेब्यु गर्दैछन् । ती राष्ट्र हुन् केप भर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तान ।




