आजको मिति: बुधबार, जेठ १३, २०८३
१२:३० बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै|रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही गर्न आयाेगकाे सिफारिस|मानवअधिकार आयोगले भन्यो– पेट्रोल बमसहितको टोलीले जेन–जी आन्दोलनको योजना बनाएको थियो|नयाँ कानुन बनाएर ओली लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्‌न नदिन आयोगको सिफारिस|जेन–जी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि अनुसन्धान गर्न सिफारिस|जेन–जी आन्दोलनमा सेनाको भूमिका शंकास्पद, आयोगको अनुसन्धानमा पनि असहयोग|सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन आगजनी र मानवीय क्षतिमा नेपाली सेनाको कमजोरी भएको ठहर|संविधानमा अधिकार, सडकमा तिरस्कार|‘जनप्रतिनिधिमा दम्भ र आर्थिक लोभ भए नागरिकमा वितृष्णा जाग्छ’|युट्युबसिं फत्तेले मौन वर्त तोडेपछि|

‘जनप्रतिनिधिमा दम्भ र आर्थिक लोभ भए नागरिकमा वितृष्णा जाग्छ’

Infinite Scroll Ad

संघीयताको दोस्रो कार्यकाल सुरु भएसँगै स्थानीय तहका जनप्रतिनिधिहरूमाथि नागरिकका अपेक्षाहरू चुलिएका छन् । कतिपय ठाउँमा जनप्रतिनिधिको दम्भ र कार्यशैलीप्रति जनताको वितृष्णा बढिरहेका बेला दमक नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल ‘दिपेश’ भने आमनागरिकका लागि एउटा सकारात्मक अपवाद बनेका छन् । नगरको प्रवक्ताको जिम्मेवारीसमेत पाएका धर्मप्रसाद नागरिकमैत्री वडाध्यक्ष हुन् । आफू वडाभन्दा बाहिर निस्कँदा सेवाग्राही नअलमलिऊन् भनेर सामाजिक सञ्जालमार्फत पूर्वसूचना दिने नवीन सुरुवात गर्ने, राजश्वबाहेकका सबै सेवा (निवेदन लेखन र फोटोकपी समेत) वडा कार्यालयबाटै पूर्णतः निःशुल्क गराउने र विपन्नको घरमा शोक पर्दा आर्थिक सहयोगसँगै सुरक्षाका लागि तत्काल सिसी क्यामेरा जडान गरिदिनेजस्ता भिन्न र जनतामुखी कार्यहरूले गर्दा वडाध्यक्ष दाहालको चर्चा र लोकप्रियता चुलिएको छ । उनै वडाध्यक्ष दाहालसँग सप्ताहिक बहसले गरको कुराकानी :

संघीयता कार्यकालको दोस्रो निर्वाचनपछि वडाध्यक्ष हुनुभएको छ ? यो अवधिको अनुभव कस्तो रह्यो ।

जनप्रतिनिधि भएपछि जनताको सेवा गर्न अत्यन्तै व्यस्त भइएको छ । वडाध्यक्षले सबै पक्षको व्यवस्थापन गर्नुपर्छ । तथापि जे अपेक्षा गरेको थिएँ त्यहीअनुसार छ । सेवा गर्न गरेको परिकल्पनाअनुसार नै काम गरिएको छ ।

Sidebar Premium Ad

तपाईं दमक बाहिर जाँदा सामाजिक सञ्जालमा जानकारी दिने सुरुवात गर्नुभएको छ । यो किन आवश्यक रह्यो ?

वडामा वडाध्यक्षसँग जोडिएका जनताका धेरै काम हुन्छन् । त्यसकारण हामी कुनै कारणले बाहिर जाँदा सेवाग्राही आउने र तपाईं हुनुहुन्न रहेछ भनेर फोन आउँछ । कहिले सवारी साधनमा हुँदा फोन उठाउन सकिँदैन । म कहाँ गएँ र कहिले आउँछु भनेर सामाजिक सञ्जालमा जानकारी गराउँदा उहाँहरूलाई सहज हुन्छ भनेर यो सुरुवात गरेको हुँ ।

तपाईंको कार्यकालमा भएका राम्रा काम के छन् ?

Sidebar Premium Ad

मैले पूर्वाधारको क्षेत्रमा धेरै काम गरेको छु । जनप्रतिनिधि भनेपछि मान्छेको नकारात्मक बुझाइ छ । त्यसलाई सकारात्मक बनाउन सेवा प्रवाहमा अलिक बढी काम गरेका छौँ । सबै काम वडा कार्यालयमार्फत नै गर्ने गरेका छौँ । राजश्वदेखि बाहेकका सबै काम वडाकार्यालयमा निःशुल्क गरेका छौँ । फोटोकपीदेखि निवेदन लेख्ने काम पनि वडा कार्यालयमा नै गर्छौँ । सबै काम वडा कार्यालयमा निःशुल्क गर्छौँ । टोल विकास संस्थाको पनि छुट्टै फन्ट नहुने भएका कारण टोल विकास संस्थालाई दिने सुविधामा पनि केही सुधार गरेका छौँ । विकास भन्ने बितिकै पूर्वाधार र सडक निर्माण बुझिन्छ । तर, हामीले सबै पक्ष हेरेका छौँ । केटाकेटी खेल्ने पार्क, शारीरिक व्यायाम गर्ने पार्क निर्माण गरेका छौँ । पछिल्लो समय युवा लक्षित फुटसल निर्माण सुरु गरेका छौँ । नयाँ र पृथक कामको पनि सुरु गरेका छौँ ।

हामीले कसैको घरमा शोक पर्दा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई पाँच हजार नगद र पाँच हजार बराबरको सेवा निरन्तर दिएका छौँ । त्यस्ता घरमा तुरुन्त सिसी क्यामेरा जडान गर्छौँ । जुन घरमा दुःख परेको हुन्छ, त्यो घरमा चोरीले भएको छ । अहिले चोरी नियन्त्रण भएको छ । तास खेल्ने, होहल्ला गर्ने कामलाई पनि निरुत्साहित गरेको छ । सुत्केरी पोषण कार्यक्रम पनि चलाएका छौँ । जुन घरमा सुत्केरी हुन्छ, त्यहाँ जन्मदर्ता र पोषण लिएर पुग्छौँ । तर, अहिले वितरणमुखी काम नगर भनेकाले त्यस्ता धेरै कार्यक्रम काटिएका छन् ।

जनप्रतिनिधि खराब हुन् भन्ने भाष्य किन निर्माण भएको हो ?

Above Content Ad
Header Top Ad

जनप्रतिनिधि दुई कारणले विवादित हुन्छ । वडाध्यक्ष म हुँ वा जनप्रतिनिधि म हुँ भन्ने दम्भ र अहम्ताले गर्दा जनप्रतिनिधिप्रति मान्छेको वितृष्णा हुने गर्दछ । त्यसले काममा नतिजा पनि दिँदैन । अर्को जनप्रतिनिधिले आर्थिक लोभ गर्दा पनि फस्ने गर्दा काम गर्न सक्दैन र नागरिकमा वितृष्णा आउँछ । जनप्रतिनिधि अस्थायी पद हो र म जनताको सेवक भएर पाँच वर्षका लागि आएको हो । यो समय बित्न कति पनि लाग्दैन, जनताको सुख दुःखमा काम गर्छु भनेर लाग्दा जनतामा निराशा देखिँदैन । उहाँहरूमा जनप्रतिनिधिप्रति आशा भरोसा बढेर जान्छ ।

जनताका अपेक्षा चाहिँ के हुने रहेछन् ?

पहिलो अपेक्षा वडामा आउँदा विना झन्झट, छिटो, छरितो र सजिलो गरी सेवा प्रवाह होस् भन्ने देखिन्छ । दोस्रो अपेक्षा जनताका अप्ठ्यारो, असजिलो, प्रहरी तथा प्रशासनसँगको समस्या, छिमेकका समस्यामा जनप्रतिनिधिले सहजीकरण गरुन् भन्ने देखिन्छ । त्यसपछि पूर्वाधार विकासको अपेक्षा नागरिकका छन् । घर अगाडिको बाटो बनोस् भन्ने अपेक्षा नागरिकले लिएका छन् । यस्तै, शिक्षा, स्वास्थ्य र अन्य विकासको अपेक्षा पनि छन् ।

तपाईंको वडामा लक्षित वर्गका लागि के कार्यक्रम गर्नुभएको छ ?

हामीले आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग र लक्षित वर्गका लागि व्यवसायिक बनाउन सीपमूलक तालिम दिने गरेका छौँ । सिलाई कटाईको केन्द्र नै चलाएर तालिम दिइरहेका छौँ । महिलालाई रोजगारसँग जोड्ने तालिमहरू सञ्चालन गरिरहेका छौँ । ब्यूटिसियन तालिम पनि दिएका छौँ । हार्पिक, फिनेल तथा धूप बनाउने तालिम दिएका छौँ । युवा लक्षित कार्यक्रममा कम्प्युटर, वारिस्ता तालिम दिएका छौँ । सबै नतिजामुखी छैन । तर, धेरैको नतिजा पनि आएको छ ।

नागरिकको अपेक्षा पूरा गर्न नगर र वडाको बजेट कति पर्याप्त हुन्छ ?

नागरिकका अपेक्षा धेरै हुन्छ । हामीसँग स्रोत–साधन थोरै छन्, सीमित छन् । वडाको बजेटले धेरै काम गर्न सकिँदैन । हामी प्रदेश र संघीय सरकारसँग पहलकदमी गरेर काम गरिरहेका छौँ । यस वर्ष संघीय सकारले रोक्दा विकास निर्माणमा असहज भएको छ । लामो समयदेखि घर अगाडिको बाटो नबन्दा नागरिकहरू हिलो, धुलोमा हिँडिरहेका छन् । बजेट परेपछि सडक बन्ने आशामा रहेका नागरिक बजेट कार्यान्वयन नहुँदा आक्रोशमा हुनुहुन्छ । हामीले अत्यावश्यक बजेट दिनुपर्छ भनेर नगरपालिकाको तहबाट पहल गरिरहेका छौँ ।

वडामा रहेको सुकुम्बासी समस्या समाधानका लागि कसरी सहकार्य गर्दै हुनुहुन्छ ?

हाम्रो वडामा पाँच सय परिवारलाई निस्सा वितरण गरेका छौँ । यसमा अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलित छन् । त्यसमा अहिले सरकारले डोजर चलाउन थालेपछि उहाँहरू त्रसित हुनुहुन्छ । तर, हामीले यो समस्यालाई गम्भीर रूपले समाधान गर्नुपर्छ । आजको भोलि डोजर चलाएर समाधान उपयुक्त हुँदैन र यसको पक्षमा हामी हुँदैनौँ भनेर कार्यपालिकाले निर्णय नै गरेको छ । पहिला वैकल्पिक र बजेट व्यवस्थापन गर्नुपर्छ, स्पष्ट नीति भएपछि मात्र यसको व्यवस्थापन गर्न सकिन्छ भन्ने हाम्रो बुझाई हो । बर्खामा डोजर चलाएर घरबारविहीन बनाएर व्यवस्थापन गर्न सकिँदैन भन्नेमा हामी दमक नगरपालिका नै एकजुट छौँ ।

Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *