काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नका लागि सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार बस्ने भएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले अपराह्न ४:०० बजे बस्ने संयुक्त बैठकका लागि ३:४५ बजे नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका छन्।
नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै स्पष्ट व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको हो। गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते नै बजेट प्रस्तुत गर्ने यो व्यवस्था गरिएको हो।
यसैगरी, बजेट प्रस्तुत भइसकेपछि प्रतिनिधिसभाको छुट्टै बैठक भने जेठ १५ गते शुक्रबार बेलुकी ०५:३० बजे बस्ने जानकारी पनि सभामुख अर्यालले दिएका छन्।




