आजको मिति: बुधबार, जेठ १३, २०८३
१२:३१ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै|रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही गर्न आयाेगकाे सिफारिस|मानवअधिकार आयोगले भन्यो– पेट्रोल बमसहितको टोलीले जेन–जी आन्दोलनको योजना बनाएको थियो|नयाँ कानुन बनाएर ओली लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्‌न नदिन आयोगको सिफारिस|जेन–जी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीमाथि अनुसन्धान गर्न सिफारिस|जेन–जी आन्दोलनमा सेनाको भूमिका शंकास्पद, आयोगको अनुसन्धानमा पनि असहयोग|सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन आगजनी र मानवीय क्षतिमा नेपाली सेनाको कमजोरी भएको ठहर|संविधानमा अधिकार, सडकमा तिरस्कार|‘जनप्रतिनिधिमा दम्भ र आर्थिक लोभ भए नागरिकमा वितृष्णा जाग्छ’|युट्युबसिं फत्तेले मौन वर्त तोडेपछि|

मानवअधिकार आयोगले भन्यो– पेट्रोल बमसहितको टोलीले जेन–जी आन्दोलनको योजना बनाएको थियो

Infinite Scroll Ad

राष्ट्रिय मानवअधिकार आयोगले गत भदाै २३ गते भएको जेन–जी आन्दोलनलाई हिंसात्मक बनाउन पेट्रोल बमसहितको टोलीले योजना बनाएको पुष्टि भएको जनाएको छ ।

जेन–जी आन्दोलनसम्बन्धी आयोगले तयार पारेको प्रतिवेदनमा भदाै २३ को प्रदर्शनलाई हिंसात्मक बनाउन योजनाबद्ध तयारी रहेको पुष्टि हुने उल्लेख गरिएको हो । 

एक समूहले शान्तिपूर्ण प्रदर्शनको तयारी गरिरहँदा अर्को समूह विध्वंस मच्च्याउन उद्यत रहेको प्रतिवेदनमा उल्लेख छ ।प्रदर्शन हिंसात्मक हुन सक्छ भन्ने धेरै सुराक पाइसक्दा पनि सरकार र सुरक्षा निकायको पूर्वतयारी कमजोर रहेको देखिएको पनि आयोगको ठहर छ ।

Sidebar Premium Ad

के भनिएको छ ?

शान्तिपूर्ण विरोध गर्ने भनी प्रमुख जिल्ला अधिकारीबाट अनुमति समेत लिई सुरू भएको विरोध कार्यक्रम वा प्रदर्शन के कारणले कसरी हिंसात्मक परिणाममा परिणत हुन पुग्यो? भन्ने विषय उपर विचार गर्दा उल्लेखित प्रदर्शनलाई विभिन्न तहका विद्वान बुद्धिजीवी मानव अधिकार रक्षक, चलचित्रकर्मीहरु, सामाजिक सञ्जालका इन्फ्लोएन्सर तथा अनलाइन व्यवसायी, युटुबरहरुले समेत सामान्य ढङ्गले समर्थन गरेको एकातर्फ देखिन्छ भने अर्कोतर्फ केहि व्यक्तिहरूले विभिन्न विद्यालयका डिजिटल बोर्ड, स्कुलको वेवसाईटहरु हययाक गरी No more screens, we are on streets, ‘We dont want likes – we want change – 8 September 2025 जस्ता नाराहरु स्क्रिनिङ्ग गरेर प्रदर्शनलाई परिणाममुखी बनाउने तयारी गरेको देखिन्छ । जेनजी प्रदर्शनका आव्ह्वानकर्ता समेतका केही व्यक्तिले wake up Nepal नामक टिकटक अकाउन्टबाट २०८२ भाद्र २३ गतेभन्दा पहिले नै “Anything could happen in tomorrow’s protest, so be ready with a Molotov cocktail…” भन्दै ७ सेप्टेम्बर २०२५ मा नै मोलोटभ ककटेल ( पेट्रोलबम ) बनाएर आउनको लागि आव्हवान गरेको, संसद् भवन, सिंहदरबार लगायत सार्वजनिक संरचना जलाइएको वा विध्वंस गरिएको AI-generated फोटो/भिडियोहरू सो प्रदर्शन पूर्व नै सामाजिक सञ्जालमा साझा भएको तथ्य र परिस्थितिको विश्लेषण गर्दा २०८२ भाद्र २३ गतेको विरोध प्रदर्शनलाइ शान्तिपूर्ण रुपमा गर्ने भनी एउटा समूह र अनलाइनमा विध्वंशात्मक बनाउने भन्ने अर्को समूह गरी २ वटा समूहले तयारी गरिरहेको भन्ने सञ्चार माध्यम र छलफल बयानको क्रममा खुल्न र पुष्टि हुन आएको देखिन्छ । जसवाट उक्त प्रदर्शनलाई विध्वंशात्मक बनाउने योजनामा अर्को समूह पनि रहेको देखियो ।

नेपाल प्रहरीको नक्कली ( fake) फेसबुक पेज बनाई सो पेज मार्फत जेनजी समूहलाई प्रदर्शनमा विद्यार्थी पोशाकमा आएमा नेपाल प्रहरीले बल प्रयोग गर्न नसक्ने हुनाले सबै जना विद्यालय पोशकमा आउनु भनी आव्हवान गरेको देखिन्छ । नेपाल प्रहरीको सो नक्कली (fake) फेसबुक पेजले प्रदर्शनकारीहरुमा भ्रम पूर्ण सामाग्री सामाजिक सञ्जालमा प्रशारित गरी योजनाबद्ध रुपमा विद्यार्थीलाई प्रदर्शनमा सहभागी गराई मानव ढाल बनाउन खोजेको देखिएको र सो घटनापश्चात् प्रदर्शनपूर्व प्रयोग भएका सामाजिक सञ्जाल खाताहरु निष्क्रिय बनाएको देखिएको भन्ने सुरक्षाकर्मीहरुको बयान व्यहोराबाट खुल्न आई माथि लेखिएको तथ्य स्थापित भएको पाइन्छ |प्रदर्शनपूर्व नै सामाजिक सञ्जालमा त्यस्ता विषयहरु साझा भइसकेपछि परिस्थितिको वस्तुगत आँकलन गरी सुरक्षा सकृयता बढाएको, त्यस्ता सामाजिक सञ्जालका खाताहरु निष्कृय पार्न सुरक्षा निकायहरुले पहल गरेको वा निष्कृय पारेको वा त्यस्ता भ्रमहरु चिर्न प्रयासहरु गरेको भन्ने कहिंकतै देखिंदैन । प्रदर्शन हिंसात्मक हुन सक्छ भन्ने यति धेरै सुराक ( Clue) पाइसक्दा पनि सरकार र सुरक्षा निकायको पूर्व तयारी कमजोर रहेको देखिन्छ ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *