दमक ।
१३ वर्षीया जन्मजात अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा धनकुटाबाट एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले ४२ वर्षीय धनबहादुर गिरीलाई पक्राउ गरेको हो । उनलाई महालक्ष्मी नगरपालिका–६ स्थित उनकै घरबाट पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षत्रीले जानकारी दिए ।
गिरीले जन्मजात बोल्न नसक्ने ती बालिकालाई घरमा कोही नभएको मौका पारेर बलात्कार गरेको पीीडत पक्षले दावी गरेका छन् ।
घटनापछि पीडित पक्षले उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
