आजको मिति: शुक्रबार, जेठ १, २०८३
१०:३५ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

दुई वर्षमै दोब्बर सुधार : कमलका सामुदायिक विद्यालयको एसईई नतिजा ३६ प्रतिशतबाट ७२ प्रतिशतमा

झापा । कमल गाउँपालिकामातहतका सामुदायिक विद्यालयहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा उल्लेखनीय सुधार गरेका छन् । शैक्षिक सत्र २०८० मा जम्मा ३६ प्रतिशत रहेको उत्तीर्णदर दुई वर्षमै बढेर २०८२ मा ७२ प्रतिशत पुगेको हो ।

तथ्यांकअनुसार २०८० सालमा ४४६ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये १५९ जना मात्र उत्तीर्ण भएका थिए । त्यसबेला समग्र उत्तीर्णदर ३६ प्रतिशत थियो ।

२०८१ मा नतिजामा ठूलो फड्को देखियो । उक्त वर्ष ४७८ विद्यार्थीमध्ये ३४५ जना उत्तीर्ण हुँदा उत्तीर्णदर ७१ प्रतिशत पुगेको थियो ।

त्यसपछि २०८२ मा पनि सुधारको क्रम जारी रह्यो । ४६५ विद्यार्थी सहभागी भएकामध्ये ३२९ जना उत्तीर्ण भएका छन् । यससँगै समग्र उत्तीर्णदर ७२ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।

तीन वर्षको तथ्यांक हेर्दा कमल गाउँपालिकाका सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तर सुधारमा निरन्तर प्रगति गरेको देखिन्छ । विशेषगरी २०८० को तुलनामा २०८२ मा उत्तीर्णदर झण्डै दोब्बर पुगेको छ ।

यस वर्ष महेन्द्र रत्न माध्यमिक विद्यालय कमल २ ले शतप्रतिशत नतिजा ल्याएको छ भने श्री मङ्गलमय माविमा सबैभन्दा धेरै १४१ विद्यार्थी सहभागी भएका थिए । यसवर्ष मंगलमय माविको उतिर्णदर ९४ प्रतिशत रहेको छ ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *