आजको मिति: बिहिबार, जेठ २१, २०८३
१२:२१ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

मोदीसँगको भेटपछि रविले के भने ?

Infinite Scroll Ad

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग फलदायी र अर्थपूर्ण भेटवार्ता भएको बताएका छन् । प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो संवादपछि लामिछानेले नेपाल र भारतले विगतका सीमितताहरूलाई पार गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोरको विकास तथा सहज र निर्बाध कनेक्टिभिटीमार्फत दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउन सकिने उल्लेख गरे ।

लामिछानेले प्रधानमन्त्री मोदीको नेपाल–भारत सम्बन्धलाई प्रगति र पारस्परिक विश्वासमा आधारित नयाँ साझेदारीतर्फ अघि बढाउने दृष्टिकोणप्रति समर्थन व्यक्त गर्दै त्यसलाई व्यवहारमा रूपान्तरण गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

Sidebar Premium Ad

‘हाम्रो साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर तथा निर्बाध सम्पर्क विस्तारमा केन्द्रित भएर प्रगति र पारस्परिक विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्छौँ’, मोदीसँगको भेटपछि लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् । 

उनले नेपाल र भारतका जनताको साझा हित र समृद्धिका लागि दुवै देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *