आजको मिति: आइतबार, जेठ १०, २०८३
०५:३२ बजे (बेलुका)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार

Infinite Scroll Ad

शेयरबजार परिसूचक नेप्से आज ३० अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक ३०.०८ अंकले बढ्दै २ हजार ७५४.४८ अंकमा उक्लिएको हो । 

यस दिन ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ६१ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको नेप्सेले जनाएको छ ।

आज १३ वटै उपसूचक धनात्मक हुँदै बजारमा हरियाली छाएको छ । होटल तथा पर्यटन र हाइड्रोपावर समूहको उपसूचक समान १.८९ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक आज १.४० प्रतिशतले बढेको छ । 

यसैगरी, इन्भेस्टमेन्ट समूहको उपसूचक १.१५ प्रतिशतले बढ्दा आज ट्रेडिङ समूहको उपसूचक १.५१ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक १.०९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । 

२४८ कम्पनीको शेयर मूल्य बढ्दा आज जम्मा २१ वटाको मात्र मूल्य घटेको छ । अप्पर होहर खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट (१५ प्रतिशतले वृद्धि) लागेको छ  भने माउन्टेन हाइड्रो नेपाल कम्पनीको शेयर मूल्य ११.८८ प्रतिशतले बढेको छ ।

तथापि, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य भने आज १३.२६ प्रतिशतले घट्न पुगेको छ ।

Above Content Ad
Sidebar Premium Ad
Above Content Ad
Sidebar Premium Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *