आजको मिति: सोमबार, असार ८, २०८३
१२:२३ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:

छुम्मा युकेले अगष्ट २९ मा वार्षिक भेला गर्ने

Infinite Scroll Ad

दमक ।

किरात याक्खा छुम्मा यूकेले संस्थाको वार्षिक भेला आउँदो अगष्ट २९ मा आयोजना गर्ने निर्णय गरेको छ ।

हालै बसेको छुम्मा युकेको बैठकले याक्खा वार्षिक भेला २०२६ को आयोजना मिति अगष्ट २९ लाई तय गरेको हो ।

Sidebar Premium Ad

बैठकमा वार्षिक भेला पूर्व तयारी बारे आवश्यक छलफल भएको सचिव राजकुमार खायखिम याक्खाले जानकारी दिए । छुम्माले कार्यक्रमका लागि आवश्यक कार्य विभाजनसमेत गरेको हो ।

सोही अवसरमा दिवंगत मनमाया देवान याक्खाको नाममा संकलन भएको चोम्मेङ् उनका श्रीमान चन्द्रबहादुर जिमी याक्खालाई हस्तान्तरण गरिएको छुम्मा युकेले जनाएको छ ।

अध्यक्ष वुद्वीराज लिम्बुखिम याक्खाको अध्यक्षतामा बसेको बैठकमा महासचिव रामकृष्ण जिमीले भावी कार्यक्रमबारे प्रकाश पारेका थिए ।
कार्यक्रमको पूर्वतयारीका लागि केइ (च्याब्रुङ) नाच अभ्याससमेत गरिएको थियो ।

Sidebar Premium Ad

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *