आजको मिति: आइतबार, असार ७, २०८३
११:२५ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
नेपाल विरोधी अभिव्यक्ति सच्याउन बाध्य भए प्रधानमन्त्री बालेन|फोनिज झापाले सञ्चारबारे गर्यो अन्तरक्रिया|के-के छन् मन्त्रिपरिषद्का ६ निर्णय ?|सेमुक्तुकोक्/मुकुम्लुङ (पाथिभरा) को केबलकार विवाद बारे अध्ययन गर्न कार्यदल गठन|५ दिन ओरालो लागेको नेप्सेमा शुक्रबार सामान्य सुधार|१५औँ स्थापना दिवसको अवसरमा शिखाको रक्तदान, ७० पिन्ट रगत र डोनर बेड हस्तान्तरण|रास्वपाले पदाधिकारी संख्या बढाएर १९ पुर्याउने, केन्द्रीय समिति १५१|राप्रपाले मंसिर २६–२८ मा महाधिवेशन गर्ने|पूर्व सभामुख एवम् नेकपा नेता महराले लिए सक्रिय राजनीतिबाट विश्राम|रास्वपाको महाधिवेशन प्रतिनिधि शुल्क ५ हजार, केन्द्रीय सदस्य उम्मेदवार हुन २१ जहार मनोनयन शुल्क लाग्ने|

नेपाल विरोधी अभिव्यक्ति सच्याउन बाध्य भए प्रधानमन्त्री बालेन

Infinite Scroll Ad

दमक ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अन्ततः नेपालविरोधी अभिव्यक्ति सच्याउन बाध्य भएका छन् । गत १७ जेठमा प्रतिनिधिसभा बैठकमा रोस्ट्रमबाट ‘नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको’ भन्ने विवादास्पद् अभिव्यक्तिलाई प्रधानमन्त्री बालेनले आइतबार चितवनबाट सच्याएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै बालेनले कालापानी र लिपुलेकको विषयमा नेपालसँगै प्रमाण रहेको भन्दै आफ्नो अघिल्लो विवादित अभिव्यक्ति सच्याएका हुन् ।

Sidebar Premium Ad

महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले सीमाको विषयमा बोल्दा आपत्ति जनाइयो । मलाई अचम्म लाग्यो । तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस, हामीसित त प्रमाण छ । कालापानी लिपुलेकको प्रमाण छ । ब्रिटिसले राज गर्दा कालापानी लिपुलेकको त्यो प्रमाण ल्याउँछौँ भनेका हौँ । ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ । हामी हाम्रो छिमेकीसित आफैँ कुरा गरेर मिलाउँछौँ ।’

नेपालले भारतको सीमा मिचेको भन्ने विषयमा भारतीयहरूसँग नै प्रमाण मागेको दावी गर्दै बालेनले भने, ‘मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’

प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा १७ जेठमा उनले ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको, भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । यो विषयमा दुई पक्ष बसेर हेर्नुपर्नेछ’ भन्दै दिएको अभिव्यक्तिले जेठ महिनाभर संसद् अवरुद्ध हुनेगरी विवाद चुल्याएको थियो ।

Sidebar Premium Ad

सोही जवाफमा उनले भनेको अर्को विषय पनि विवादित बनेको थियो । जहाँ उनले भनेका थिए, ‘भूमि सम्बन्धी टेबल टक गर्ने कुरा भएको छ । यो बारेमा इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं । यसबारेमा टेबल टक गर्नुपर्छ ।’
बालेनको यो विवादास्पद् भनाइ आए लगत्तै त्यही दिन साँझ परराष्ट्र मन्त्रालयले भनाइको आसय बुझाउन भन्दै स्पष्टीकरण सहितको विज्ञप्ति जारी गर्नुपरेको थियो । विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइ क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको भनिएको थियो ।

प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा परेपछि त्यसले संसद्मा हंगामा मच्चियो । निरन्तरको संसद् अवरोध हटाउन परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीतर्फबाट जवाफ दिएपछि बल्ल संसद् खुलेको छ ।

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *