आजको मिति: आइतबार, जेठ १०, २०८३
०५:३२ बजे (बेलुका)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

माङसेबुङका जनप्रतिनिधिको इतिहास समेटिएको पुस्तक विमोचन हुँदै

Infinite Scroll Ad

माङसेबुङ ।
इलामको माङसेबुङ गाउँपालिका (साविक बाँझो, इभाङ, गजुरमुखी गाविस) बाट ०१९ सालदेखि ०७९ सम्म जनप्रतिनिधि भएकाहरुको विवरण समावेश गरिएको पुस्तक ‘माङसेबुङका जनप्रतिनिधिहरूको चिनारी पुस्तक’ यही १२ जेठमा विमोचन हुने भएको छ ।

सो पुस्तकमा ०१९, ०२८, ०३४, ०३९, ०४३, ०४९, ०५४÷५५, ०७४ र ०७९ सालमा सम्पन्न विभिन्न निर्वाचनबाट माङसेबङ क्षेत्रमा निर्वाचित भएका जनप्रतिनिधिहरूको विवरण समावेश गरिएको पुस्तकका लेखक राम योङहाङले जानकारी दिएका छन् ।

पुस्तकमा माङसेबुङको राजनीतिक इतिहास, लोकतान्त्रिक अभ्यास र विभिन्न कालखण्डका जनप्रतिनिधिहरूको योगदान बारे संक्षिप्तमा समेटिएको बताइएको छ । माङसेबुङ गाउँपालिका प्रकाशक रहेको पुस्तकले विभिन्न निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरूको चिनारी समेटेको छ ।

१४८ पृष्ठको पुस्तकमा ४३ जना जनप्रतिधिको जीवनी, (८ जना जनप्रतिनिधिको व्यक्तिगत विवरण र ४०३ जना जनप्रतिनिधिको चिनारी समावेश गरिएको हो । १२ जेठमा नै माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई पालिकाको कामकाजको भाषाका रूपमा कार्यान्वयन घोषणा गर्ने कार्यक्रम तय भइसकेको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमका बीच पुस्तक विमोचित हुने माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिएका छन् ।

Above Content Ad
Sidebar Premium Ad
Above Content Ad
Sidebar Premium Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *