आजको मिति: बिहिबार, असार ४, २०८३
०४:१३ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
१५औँ स्थापना दिवसको अवसरमा शिखाको रक्तदान, ७० पिन्ट रगत र डोनर बेड हस्तान्तरण|रास्वपाले पदाधिकारी संख्या बढाएर १९ पुर्याउने, केन्द्रीय समिति १५१|राप्रपाले मंसिर २६–२८ मा महाधिवेशन गर्ने|पूर्व सभामुख एवम् नेकपा नेता महराले लिए सक्रिय राजनीतिबाट विश्राम|रास्वपाको महाधिवेशन प्रतिनिधि शुल्क ५ हजार, केन्द्रीय सदस्य उम्मेदवार हुन २१ जहार मनोनयन शुल्क लाग्ने|स्वीप अपरेशनमा परे १४ सय बढी प्रहरीको फन्दामा|मैदानमै बगेको बैँस|सङ्खुवासभा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला|नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार|स्टार्डम सरप्राइजले चिप्लिएको कुटनीति|

पूर्व सभामुख एवम् नेकपा नेता महराले लिए सक्रिय राजनीतिबाट विश्राम

Infinite Scroll Ad

दमक ।

नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा हुने निर्णय गरेका छन् ।

आफ्नो ७०औँ जन्मदिनको अवसर पारेर बिहीबार नेता महराले स्वास्थ्यको कारण देखाउँदै राजनीतिबाट बिदा लिने बताएका हुन् ।

Sidebar Premium Ad

उनले एक वक्तब्य जारी गर्दै भनेका छन्, ‘उमेरको ७०औँ वर्षमा प्रवेश गर्दै गर्दा, लामो समयदेखि स्वास्थ्यमा देखिएको अस्वस्थताका कारण सक्रिय राजनीतिबाट बिदा हुने निर्णय गरेको छु ।’

विद्यार्थीकालदेखि राजनीतिमा प्रवेश गरेका महराले करिब ५ दशकको राजनीतिक यात्रामा तत्कालीन नेकपा (माओवादी) को १० वर्षे सशस्त्र जनयुद्धमा केन्द्रीय नेतृत्व तहमा रहेर सरकारसँगको वार्ता टोली सदस्य जस्तो महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

०६२/६३ को राजनीतिक परिवर्तन र शान्ति प्रक्रियापछि अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बनेका उनी ०७५ मा प्रतिनिधिसभाको सभामुख भएका थिए ।

Sidebar Premium Ad

माओवादी केन्द्र हुँदै हाल नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र मानिने महराले विभिन्न समयमा सञ्चारमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र उपप्रधानमन्त्रीसमेतको जिम्मेवारी सम्हालेका थिए ।

महरालाई ०७६ मा यौन दुव्र्यवहार सम्बन्धी लागेको आरोपका कारण सभामुख पदबाट राजीनामा दिएका थिए ।

उनले आफ्नो राजनीतिक यात्रामा साथ, सहयोग, विश्वास गर्ने सबैप्रति ऋणी रहने वक्तव्यमा उल्लेख गरेका छन् ।

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *