आजको मिति: बुधबार, असार ३, २०८३
०२:१७ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
रास्वपाको महाधिवेशन प्रतिनिधि शुल्क ५ हजार, केन्द्रीय सदस्य उम्मेदवार हुन २१ जहार मनोनयन शुल्क लाग्ने|स्वीप अपरेशनमा परे १४ सय बढी प्रहरीको फन्दामा|मैदानमै बगेको बैँस|सङ्खुवासभा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला|नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार|स्टार्डम सरप्राइजले चिप्लिएको कुटनीति|मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित|व्यंग्यात्मक विद्रोहको झिल्को : कक्रोच जनता पार्टी|विश्वकप नि:शुल्क हेर्ने व्यवस्था गर्न सांसद हमालको माग|ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएका मन्त्रीलाई कांग्रेस सांसदले सोधिन्– यो देशमा नियम कानुन छ कि छैन ?|

स्वीप अपरेशनमा परे १४ सय बढी प्रहरीको फन्दामा

एआईले तयार गरेको काल्पनिक तस्वीर ।

Infinite Scroll Ad

काठमाडौं ।

जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको ‘स्वीप अपरेशन’का क्रममा १ हजार ४१० जनालाई पक्राउ गरि कारबाही गरेको छ ।

जेठ महिनाभर सञ्चालित अभियानका क्रममा प्रहरीले काठमाडौंका विभिन्न क्षेत्रमा १९९ जना महिला, १ हजार २१८ पुरुष र अन्य ३ जनालाई नियन्त्रणमा लिई कानुनी कारबाही गरेको परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए ।

Sidebar Premium Ad

अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन सञ्चालित स्वीप अप्रेसनका क्रममा काठमाडौंको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकलाई अश्लिल कार्यका लागि दुःख हैरानी दिने युगाण्डा, भियतनाम, थाइल्यान्ड, बङ्गलादेश र केन्याका २१ महिलालाई नियन्त्रणमा लिई ‘डिपोर्ट’ गरिएको प्रहरीले जनाएको छ ।

जघन्य र गम्भीर अपराधका संलग्न २५७, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ५१, आर्थिक अपराध ४९४ र अन्य ३५८ गरी १ हजार १६० मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ ।

त्यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी १ मुद्दामा अनुसन्धान भइरहेको र हुण्डीसम्बन्धी २ मुद्दामा २० लाख ७५ हजार ५०० बिगो रकमसहित मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *