आजको मिति: बुधबार, असार ३, २०८३
०९:५५ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
मैदानमै बगेको बैँस|सङ्खुवासभा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला|नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार|स्टार्डम सरप्राइजले चिप्लिएको कुटनीति|मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित|व्यंग्यात्मक विद्रोहको झिल्को : कक्रोच जनता पार्टी|विश्वकप नि:शुल्क हेर्ने व्यवस्था गर्न सांसद हमालको माग|ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएका मन्त्रीलाई कांग्रेस सांसदले सोधिन्– यो देशमा नियम कानुन छ कि छैन ?|रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट विजयी, सांसद धामी पराजित|कमजोर चुनावी नतिजापछि एमालेको कोशीमा समीक्षा, पुनर्गठनको दबाब बढ्दै|

विश्वकप नि:शुल्क हेर्ने व्यवस्था गर्न सांसद हमालको माग

Infinite Scroll Ad

नेकपाका सांसद प्रमेश हमालले फिफा विश्वकप२०२६ निःशुल्क हेर्ने व्यवस्था मिलाउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले विश्वकप देखाउने नाममा मनपरी पैसा असुलिएको बताए । 

विश्वकप हेर्नलाई ९९९ तिर्न परेकोमा उनको विरोध छ । ‘विश्वकप हेर्दा मनपरी रूपमा पैसा असुलिएको छ । अब त मनोपोलीले आम्दानी पनि भइसक्यो होला, नेपाल सरकारले आफ्नो टेलिभिजन च्यानलबाट नागरिकले विश्वकप हेर्न पाउने व्यवस्था गरोस्,’ उनले भने । 

सांसद हमालले गएको १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले संसदमा बोलेको भनाइ रेकर्डबाट हटाउन पनि माग गरे।

Sidebar Premium Ad

‘प्रधानमन्त्रीको भनाई हटाइयोस् यतिका दिनसम्म हामीले विरोध गर्दा पनि सभामुखले बेवास्ता गरिरहनु भएको छ । यो विषय गम्भीर छ,’ उनले भने । 

उनले दार्चुलामा सैनिक हेलिकोप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको, सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको र चिया उद्योगहरू बन्द भएको विषयमा पनि सरकारको धारणा माग गरे ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *