आजको मिति: बुधबार, असार ३, २०८३
०९:४६ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
मैदानमै बगेको बैँस|सङ्खुवासभा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला|नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार|स्टार्डम सरप्राइजले चिप्लिएको कुटनीति|मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित|व्यंग्यात्मक विद्रोहको झिल्को : कक्रोच जनता पार्टी|विश्वकप नि:शुल्क हेर्ने व्यवस्था गर्न सांसद हमालको माग|ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएका मन्त्रीलाई कांग्रेस सांसदले सोधिन्– यो देशमा नियम कानुन छ कि छैन ?|रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट विजयी, सांसद धामी पराजित|कमजोर चुनावी नतिजापछि एमालेको कोशीमा समीक्षा, पुनर्गठनको दबाब बढ्दै|

ट्युनिसियामाथि स्विडेनको शानदार जित

Infinite Scroll Ad

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा स्विडेनले ट्युनिसियामाथि शानदार जित निकालेको छ ।

सोमबार बिहान मेक्सिकोको मोन्टेरी रंगशालामा भएको खेलमा स्विडेनले ट्युनिसियामाथि ५–१ गोलको शानदार जित निकालेको हो ।

स्विडेनको जितमा यासिन अयारीले २ तथा अलेक्जेन्डर इसाक, भिक्टर ग्योकेरेस र म्याटियास स्वानबर्गले १/१ गोल गरे ।

Sidebar Premium Ad

ट्युनिसियाका उमर रेकिकले १ गोल फर्काए ।

सातौँपटक विश्वकपमा सहभागी भएको ट्युनिसिया पहिलोपटक समूह चरण पार गर्ने लक्ष्यमा थियो । तर, स्विडेनसँग पराजित हुन पुग्यो ।

स्विडेन पनि अघिल्लो विश्वकपमा छनोट भएको थिएन । तसर्थ, उसले यो विश्वकपमा सुखद ‘कम्ब्याक’ गर्न चाहन्छ । र, सोहीअनुसार पहिलो खेलको नतिजा उसको पक्षमा परेको छ ।

Sidebar Premium Ad

समूह (एफ’मा रहेको स्विडेन यो जितपछि ३ अंकसहित शीर्ष स्थानमा पुगेको छ । यही समूहबाट गएराति भएको खेलमा जापान र नेदरल्यान्डसले बराबरी खेल्दै अंक बाँडेका थिए ।

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *