आजको मिति: बुधबार, असार ३, २०८३
०९:५७ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
मैदानमै बगेको बैँस|सङ्खुवासभा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला|नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार|स्टार्डम सरप्राइजले चिप्लिएको कुटनीति|मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित|व्यंग्यात्मक विद्रोहको झिल्को : कक्रोच जनता पार्टी|विश्वकप नि:शुल्क हेर्ने व्यवस्था गर्न सांसद हमालको माग|ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएका मन्त्रीलाई कांग्रेस सांसदले सोधिन्– यो देशमा नियम कानुन छ कि छैन ?|रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट विजयी, सांसद धामी पराजित|कमजोर चुनावी नतिजापछि एमालेको कोशीमा समीक्षा, पुनर्गठनको दबाब बढ्दै|

सङ्खुवासभा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला

Infinite Scroll Ad

काठमाडौँ । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदीको कुटपिट गरी हत्या गरिएको घटनामा अदालतले १५ जनालाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला अदालत सङ्खुवासभाका न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिमको कसुरमा सात जना प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए। 

यसका साथै अदालतले सोही संहिताको दफा १८६ बमोजिम प्रतिवादीहरूबाट जनही ५० हजार रुपैयाँका दरले मृतक विनोद तोलाङ्गी र आकाश बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहरसमेत गरेको छ।

 २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो। अनुसन्धानका क्रममा उनीहरू कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिइएका थिए। 

Sidebar Premium Ad

नियन्त्रणमा लिएपछि सुरुमा सुरक्षाकर्मी अर्थात् प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीहरूले उनीहरूमाथि सामूहिक कुटपिट गर्दा दुवै कैदीको मृत्यु भएको पुष्टि भएको थियो। कैदीको कुटपिटपछि हत्या अभियोगमा जिल्ला कारागारका इन्चार्ज असईसहित सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो भने तत्कालीन जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासको आदेश अनुसार आरोपित सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम कारागार चलान गरिएको थियो।

अदालतको अन्तिम फैसला अनुसार जन्मकैदको सजाय पाने सुरक्षाकर्मीहरूमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो र सुरक्षा गार्ड नुसन राई रहेका छन्। त्यसैगरी जन्मकैदको सजाय पाउने अन्य व्यक्तिहरूमा चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरे रहेको जानकारी श्रेस्तादार न्यौपानेले दिए।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *