आजको मिति: शुक्रबार, जेठ १, २०८३
०२:२३ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले एक विज्ञप्ति जारी गर्दै सहकारीसम्बन्धी अध्यादेश जारी भएकाे जानकारी दिएका हुन् । 

सरकारकाे सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको शाक्यले जनाएका छन् ।

‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएकाे छ । 

सरकारले विभिन्न मितिमा सिफारिस गरेका ७ मध्ये बाँकी ६ वटा अध्यादेश अध्ययनकाे क्रममा रहेकाे छ । 

674981834_1700614658018591_1481913357069691447_n-1777546080.jpg

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *