आजको मिति: शुक्रबार, जेठ १, २०८३
०२:२१ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

झापाका दुई कान्तिपुर टेलिभिजनकर्मी पुरस्कृत

बिर्तामोड ।

पत्रकारिताको माध्यमबाट सामाजिक रूपान्तरणमा योगदान पुर्याए वापत कान्तिपुर टेलिभिजनमा कार्यरत झापाका दुई पत्रकार शनिबार एकैदिन पुरस्कृत भएका छन् ।

पुरस्कृत हुनेमा पत्रकारद्वय गणेशमान मुखिया र रमा दाहाल छन् । आर्थिक क्षेत्रको विकासमा कलम चलाए वापत मुखियालाई मेची उद्योग वाणिज्य संघले धुलाबारीमा आयोजित संघको २१ औं साधारणसभामा नगद २१ हजार रुपैयाँको ‘आर्थिक पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पत्रकार मुखियालाई पुरस्कार र सम्मान पत्र प्रदान गरे ।

त्यस्तै, पत्रकारिताको माध्यमबाट सामाजिक रूपान्तरणमा योगदान पुर्याए वापत दाहाललाई जयेन्द्र प्रसाई साहित्य सेवा कोषले नगद २५ जहार रुपैयाँ राशिको ‘धनमाया सक्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो । वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले पत्रकार दाहाललाई पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए ।

पत्रकार मुखियाले अढाई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका छन् भने दाहाल दुई दशक अघिदेखि टेलिभिजन पत्रकारितामा क्रियाशील छिन् ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *