आजको मिति: बुधबार, असार ३, २०८३
०२:११ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

ताजा अपडेट:
रास्वपाको महाधिवेशन प्रतिनिधि शुल्क ५ हजार, केन्द्रीय सदस्य उम्मेदवार हुन २१ जहार मनोनयन शुल्क लाग्ने|स्वीप अपरेशनमा परे १४ सय बढी प्रहरीको फन्दामा|मैदानमै बगेको बैँस|सङ्खुवासभा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला|नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार|स्टार्डम सरप्राइजले चिप्लिएको कुटनीति|मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित|व्यंग्यात्मक विद्रोहको झिल्को : कक्रोच जनता पार्टी|विश्वकप नि:शुल्क हेर्ने व्यवस्था गर्न सांसद हमालको माग|ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएका मन्त्रीलाई कांग्रेस सांसदले सोधिन्– यो देशमा नियम कानुन छ कि छैन ?|

रास्वपाको महाधिवेशन प्रतिनिधि शुल्क ५ हजार, केन्द्रीय सदस्य उम्मेदवार हुन २१ जहार मनोनयन शुल्क लाग्ने

Infinite Scroll Ad

दमक ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधिको शुल्क ५ हजार र केन्द्रीय सदस्य पदका उम्मेदवार हुन २१ हजार मनोनयन शुल्क तोकेको छ ।

केन्द्रीय समितिको पदाधिकारीतर्फ सभापतिको लागि मनोनयन शुल्क ५१ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवार हुन ४१ हजार मनोनयन शुल्क तोकिएको छ ।

Sidebar Premium Ad

त्यस्तै, महाधिवशेनमा पर्यवेक्षकका रूपमा सहभागी हुनलाई पार्टीले ७ हजार शुल्क तोकेको हो ।

रास्वपा औपचारिक गठन भएको ४ वर्षपछि हुन लागेको प्रथम महाधिवेशनमा ३ हजार आसपास प्रतिनिधि सहभागी हुने रास्वपा निर्वाचन आयोगले जनाएको हो ।

७–९ असारमा चितवनमा हुने रास्वपा महाधिवेशनका लागि आर्थिक रूपले विपन्न सदस्यहरूको लागि पार्टीले सहायता कोष सञ्चालन गर्ने बताएको छ ।

Sidebar Premium Ad

महाधिवेशन सम्पन्न गर्न मूल आयोजक समिति सहित १८ वटा उपसमिति गठन गरेको छ ।

महाधिवेशनले सभापति १, उपसभापति महिला १ सहित ३, महामन्त्री २, सहमहामन्त्री १ महिलासहित ४ जना निर्वाचित गर्नेछ । कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता १/१ जना र र सह–प्रवक्ता ३ जना मनोनित गर्ने विधानतः व्यवस्था छ ।

९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने २२ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । ७ प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् ।

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *