आजको मिति: शुक्रबार, जेठ २२, २०८३
०७:२६ बजे (बेलुका)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

थापा परिवारद्वारा राधिका माविमा एक लाखको अक्षयकोष

Infinite Scroll Ad

उर्लाबारी – नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य तथा उर्लाबारी ७ का पूर्व वडाध्यक्ष बीरवल थापाको परिवारले राधिका माध्यमिक विद्यालय, उर्लाबारी ७ मा अक्षयकोष स्थापना गरेको छ ।

शुक्रबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच थापा परिवारले स्वर्गीय पिता चन्द्रबहादुर थापाको स्मृतिमा तथा आमा विष्णुमाया थापाको सम्मानमा ‘चन्द्रबहादुर विष्णुमाया थापा छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्दै १ लाख रुपैयाँ बराबरको अक्षयकोष खडा गरेको हो ।

अक्षयकोषका संरक्षक बीरवल थापाकाअनुसार आमा विष्णुमाया थापाको ८४औँ जन्मोत्सवको अवसर पारेर उक्त छात्रवृत्ति कोष स्थापना गरिएको हो । कोषबाट विद्यालयका जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

Sidebar Premium Ad

सो अवसरमा आमा विष्णुमाया थापाले कक्षा १० मा अध्ययनरत विद्यार्थी आशिष चौधरीलाई ५ हजार नगद प्रदान गर्दै जेहेन्दार छात्रवृत्तिले सम्मान गर्नुभएको थियो ।

छात्रवृत्ति कोषमा पूर्व वडाध्यक्ष बीरवल थापा, उहाँका दाजु धनबहादुर थापा, स्वर्गीय भाइ ध्रुव थापाका छोराछोरीहरु राजु, विश्व, प्रवीन, जोशन, जोश्ना र डीएल थापाको साझेदारी रहेको छ ।

यसैबीच विद्यालयका प्रधानाध्यापक सुवासचन्द्र सापकोटाले थापा परिवारको योगदानले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा उर्लाबारी ७ की वडाध्यक्ष उर्मिला थापाको आतिथ्यता रहेको थियो ।

Sidebar Premium Ad
Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *