आजको मिति: शुक्रबार, जेठ २२, २०८३
०२:२९ बजे (दिउँसो)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

दमककी युवती हत्या आरोपमा एक भारतीय पक्राउ

Infinite Scroll Ad

झापाको दमक नगरपालिका–८ निवासी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गर्दै भारतको अररिया घर भई दमकमा बस्दै आएका ३४ वर्षीय रमेश कुमार पण्डितलाई पक्राउ गरिएको जानकारी दिएको हो। घटना भएको करिब १० दिनपछि प्रहरीले अनुसन्धान टुङ्ग्याउँदै मुख्य आरोपितलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार पण्डितविरुद्ध जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

Sidebar Premium Ad

प्रहरीका अनुसार पण्डित दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानसम्बन्धी ठेक्कापट्टाको काम गर्दै आएका थिए । अनुसन्धानका क्रममा उनले दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकको झाडी क्षेत्रमा तिवारीसँग दुई पटक शारीरिक सम्बन्ध राखेको र त्यसबापत जनही एक हजार रुपैयाँ दिएको खुलेको छ ।

प्रहरीले रकमको विषयलाई लिएर दुवैबीच विवाद भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ । विवाद चर्किएपछि पण्डितले तिवारीको घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

अनुसन्धानअनुसार हत्या पश्चात् शवलाई मोटरसाइकलमा राखेर दमक नगरपालिका–१० को सेतुमारी क्षेत्रस्थित रतुवा खोलाको पुलमुनि फालिएको थियो ।

Sidebar Premium Ad

गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र महिलाको शव फेला परेको थियो। शवको पहिचान भएपछि प्रहरीले प्राविधिक विश्लेषण, मोबाइल फोनको विवरण तथा स्थानीय सूचनाका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकलसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Above Content Ad
Header Top Ad
Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *